fbpx

माधव नेपालको आरोपः सरकार दलाल पुँजीपति र विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढेको छ

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाउनुभएको छ । 

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । दलाल पुँजीलाई र विचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको उहाँको आरोप छ । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताउनु भयो । कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बनेको उहाँको आरोप छ । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानूनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बन्न पुगेको छ । संसदको नियमित अधिवेशनमा कानूनमा सुधार गर्नुछ भने, विधेयक ल्याउनुछ भने त्यसको प्रक्रियाबाट अघि जानुपर्नेमा संसद नै छलेर, संसदको बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ । ६ वटा अध्यादेश ३० वटा कानूनमा संशोधन यसको पछाडि राम्रो नियत देखिँदैन । भूमि सम्बन्धी ऐनको बारेमा चर्चा भइसकेको छ । त्यसैगरी मिडियासँग जोडिएको नियन्त्रण गर्न खोज्ने नियत पनि स्पष्ट भइसकेको छ । यि सबै कुराको सन्दर्भमा भन्ने हो भने जसरी दलाल पुँजीलाई, विचौलियालाई पूरै पोस्ने काम सरकारले गर्न खोजिरहेको छ । यसको पनि तपाईंहरुले भण्डाफोर गर्नुपर्छ ।’

अध्यक्ष नेपालले आफूहरुले विपक्षी दलहरुलाई बोलाएर सरकारको खबरदारी गरेको बताउनु भयो । उहाँले आफूहरुले दिएको दबाबबाट आत्तिएर सरकार अधिवेशन बोलाउन बाध्य भएको बताउनु भयो । दबाबकै कारण संसदमा पेश गरेको अध्यादेशमा तत्काल अघि नबढाइएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...