fbpx

डडेलधुरा विमानस्थलबारे देउवामाथि माधव नेपालको आरोप

author

समाचारपाटी

१ हप्ता अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाउनुभएको छ ।


बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले काँग्रेस सभापति देउवामाथि यस्तो आरोप लगाउनभएको हो । उहाँले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको जानकारी हुँदाहुँदै पनि विमानस्थल निर्माणका निर्णय गर्नु देशलाई नोक्शानी मात्रै हुने बताउनु भयो । उहाँले छिमेकी जिल्लाहरु बैतडी र डोटीका विमानस्थल चल्न नसकिरहेको अवस्थामा डडेलधुरामा पनि विमानस्थल बनाउन खोज्नु ठेक्कामा कमिसन खानु रहेको बताउनु भयो । उहाँले उदयपुर र डडेलधुरामा विमानस्थलको आवश्यकता नरहेको उल्लेख गर्नुभयो । मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ भनेर जनतालाई भन्न पाउने बाहेक अरु कुनै उद्देश्य नरहेको बताउनु भयो । विमानस्थलहरु चल्न नसकेपछि त्यसको जिम्मेवार निर्णय गर्नेहरुले लिनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने सुन्छु । अर्कोतर्फ विशाल, विशाल बिल्डिङहरु बनाउँछौँ । यो बिल्डिङ नबनाइ नहुने स्थिति के थियो ? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भएपनि । यो अर्बौंअर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम ? सरकारले अरु ठाउँमँ पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला । हाम्रो बानी पनि त्यही छ । बनाएका विभिन्न संरचनाहरु हेर्ने हो भने मन्त्री क्वार्टर त्यस्तै छ, प्रधानमन्त्री क्वार्टर त्यस्तै छ । जम्मै ठाउँ त्यस्तै छ भने हामीले किन नगर्ने ? आवश्यकता नै नभएका विमानस्थल बनाइरहेका छौँ । विमानस्थलको आवश्यकता छ ? अहिले त्यो विमानस्थल बनाउने निर्णय गर्नेहरु दोषी हुन्छन् की हुँदैनन् ? त्यत्रो विमानस्थल चलिरहेको छैन, लगानी त्यत्तिकै खेर गयो, त्यो नोक्शान भइरहेको छ नेपाल सरकारलाई । त्यसको निम्ति को जिम्मेवार । अहिले पनि त्यो जारी छ । अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु प¥यो । भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरुले पनि धेरै नोक्शानी भइरहेको छ ।’ 


अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा छ भन्ने र अर्कोतर्फ आवश्यक नभएका ठूला बिल्डिङहरु किन बनाएको भन्दै प्रश्न गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू