fbpx

इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गर्नुभएको छ ।


सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गर्नुभयो । उहाँले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताउनु भयो । उहाँले नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘न्याय, सत्यको पक्षमा उभिनुपर्छ र अन्याय र अत्याचारको बिरुद्धमा, फासिजमको बिरुद्धमा हामी दृढतापूर्वक उभिनुपर्छ । हाम्रो देश नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्छ । गर्दै आएको पनि छ । अहिलेको सरकारले जसरी जघन्य मानवअधिकारको हनन, मानव अधिकारको जघन्य हनन भइरहेको छ, हत्या भइरहेको छ, क्रुरताको पराकाष्ठामा प्यालेस्टाइनीमाथि जसरी व्यवहार भइरहेको त्यो निन्दनीय र खेदजनक छ । यस्ता कुरामा पनि तटस्थ बस्ने सरकारको यो नीति हो भने यो भत्र्सनायोग्छ । निन्दनीय छ । नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्छ । न्याय र अन्याय छुट्याउन सकेन र सहीको पक्षमा उभिन सकने भने, अमानवताको पक्षमा उभियो भने त्यो भन्दा गम्भीर कुरा अरु केही हुन सक्दैन । हामी नेपाल जनता प्यालेस्टाइनी जनताको पक्षमा रहेका छाैँ । जनताको कुरा गर्ने हो भने इजरायली जनतालाई पनि भन्न चाहन्छु, आफ्नो देशको फास्सिट नीति अवलम्वन गर्ने त्यस्ता शासकको पछि नलाग्नुस्, न्यायको पक्षमा उभिनुस् ।’


अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भत्र्सनायोग्य रहेको बताउनु भयो । गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।  —न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक