fbpx

‘जीवनका कुराहरु राम्रोसँग नोट गरिएन भने बिर्सिइन्छ, रेकर्ड गरिएन भने बिर्सिइन्छ’:-माधवकुमार नेपाल

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताउनुभएको छ ।


मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जीवनका कुराहरु राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने बताउनु भयो । उहाँले सबैले इतिहासका भोगाइहरुलाई टिपेर राख्न सुझाव दिनुभयो । उहाँले छिटै नै नकेपा विभाजन र नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘जीवनका कुराहरु राम्रोसँग नोट गरिएन भने बिर्सिइन्छ, रेकर्ड गरिएन भने बिर्सिइन्छ । इतिहासका महत्वपूर्ण सबै पात्रहरुलाई भन्न चाहन्छु, इतिहासका प्रत्येक घटनाक्रमको बारेमा आफूले देखेका लागेका, अनुभुत गरेका, भोगेका सबै कुराहरु लेखेर राख्न आवश्यक छ । डकुमेण्ट्सहरुको पनि त्यत्तिकै ठूलो महत्व छ । अब चाँडै नै अर्को किताव आउँदैछ । त्यो किताव हाम्रो पार्टीका निम्ति अहिले सबैभन्दा बढी जरुरी छ । त्यो बेलामा नेकपा एकीकृत समाजवादी गठनको पृष्ठभूमि, विवाद कसरी भएका थिए, व्यक्तिगत भनाइ होइन, डकुमेण्टहरुको सबै कुरा राखिएको । तथ्यले त्यो सबै बोल्नेछ ।’ सो क्रममा अध्यक्ष नेपालले आफ्नो राजनीतिक अनुभवका विभिन्न भोगाइरहेको बारेमा पनि स्मरण गर्नुभएको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन