fbpx

‘गौरवका आयोजनाहरु नै समयमा सम्पन्न नहुनुले नेतृत्व र निर्माण प्रक्रिया माथि प्रश्न उठ्यो’:- सांसदहरु

author

समाचारपाटी

८ महिना अगाडि

राष्ट्रिय गौरवका आयोजनाहरु नै समयमा सम्पन्न हुन नसक्नुले मुलुकको नेतृत्व र निर्माण प्रक्रियाको क्षमता माथि प्रश्न उठेको सांसदहरुले बताएका छन् । 


बिहीवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अधिकाश सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले राष्ट्रिय गौरवका आयोजना भन्ने तर निर्माण प्रक्रिया वर्षौंसम्म नसक्नुले राज्यको संयन्त्र माथि प्रश्न उठ्ने गरेको बताए । उनीहरुले राज्यले निर्माण गर्न लागेको सडक मार्गलाई उचित व्यवस्थापन गरी समयमा नै निर्माण सम्पन्न गरी नागरिकलाई सहजता दिनु राज्यको दायित्व भएको बताए । सांसदहरुले निर्माण योजनाहरु निर्माणमा हुने ढिलाई त्यहाँ भित्रको भ्रष्टाचार भएको पनि बताए । उनीहरुले राष्ट्रिय गौरवका आयोजनामा ८० प्रतिशत पनि पुँजीगत खर्च नगर्ने र बेरुजु फस्र्यौट नगर्ने आयोजना प्रमुख कायम रहि रहन नहुने बताए । समितिको बैठकमा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माण प्रगति सन्तोषजनक नभएको बताउनु भयो । उहाँले १८ वर्ष हुँदा पनि सडकको अवस्थाका विषयमा छलफल गर्नु भनेको नेपालको विकास निर्माणको प्रक्रिया र क्षमतामा माथिको प्रश्न भएको बताउनु भयो । उहाँले राजनीतिक नेतृत्वको मात्रै नभएर प्रशासनिक, प्राविधिक, विकास आयोजना योजनाविद् समेतको क्षमतामाथि प्रश्न उठेको दाबी गर्नुभयो । उहाँले हुलाकी राजमार्ग लगायत अन्य सडक आयोजनाहरुमा निर्माण सम्पन्न गर्नसक्ने गरी बजेट विनियोजन गर्न समितिबाट निर्देशन दिन आवश्यक रहेको बताउनु भयो । उहाँले हुलाकी राजमार्गमा भएका ठेक्काको रि–भ्यु गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले ठेक्का ठिक छ भने निरन्तरता र नभएर परिवर्तन गर्न सरकारले तदरुपता देखाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले कमला पुल निर्माण समयमा निर्माण भएमात्रै पनि ६० लाख जनसंख्या भएको मधेस प्रदेशलाई सहज हुने बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजनामा ८० प्रतिशत पनि पुँजीगत खर्च नगर्ने आयोजना प्रमुख तत्काल बर्खास्त गर्न आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गले निर्माण प्रगति राम्रो देखाउन सकेको छैन । १८ वर्ष हुँदा पनि यो सडकको अवस्थाका विषयमा छलफल गर्नु भनेको नेपालको विकास निर्माणको प्रक्रिया र क्षमतालाई देखाउँछ । राजनीतिक नेतृत्वको मात्रै नभएर प्रशासनिक, प्राविधिक, विकास आयोजना योजना विद्समेतको क्षमता माथि प्रश्न उठ्छ । हुलाकी राजमार्ग लगायत अन्य सडक आयोजनाहरुमा निर्माण सम्पन्न गर्नसक्ने गरी बजेट विनियोजन गर्नु निर्देशन दिन आवश्यक छ । हुलाकी राजमार्गमा भएका ठेक्काको रि–भ्यु गर्न जरुरी छ । ठेक्का ठिक छ भने निरन्तरता र नभएर परिर्वतन गर्नुपर्छ । कमला पुल निर्माण हुने हो भने ८ जिल्ला सजिलै र सहज रुपमा जान सकिन्छ । कमला नदिको पुलमा राज्यको ध्यान नपुग्दा ६० लाख जनसख्या भएको मधेश प्रदेशलाई धेरै अफ्ठ्यारो बनाएको छ । आयोजनाहरुमा बेरुजु देखिर्दै छ । बेरुजु फस्र्यौट नगर्ने,राष्ट्रिय गौरवका आयोजनामा ८० प्रतिशत पनि पुँजीगत खर्च नगर्ने आयोजना प्रमुख किन बस्ने ? आयोजना प्रमुखको मूल्याङ्कनको विषय बन्नुपर्छ ।’

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह के.सी.ले नेपालका विकास निर्माणका कामले तिब्रता नपाउनुको कारण बजेट अभाव मात्रै नभइ आयोजना व्यवस्थापन र नेतृत्वको कमजोरी भएको बताउनु भयो । उहाँले आयोजनाभित्र भएको लापरबाही,भ्रष्टाचार पनि मुल कारक तत्व भएको दाबी गर्नुभयो । उहाँलेयसलाई सही मूल्याङ्कन गरी त्यस्ता कार्यको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले निर्माण आयोजनाहरुको सबै भन्दा कम मूल्यमा हुने बिल्डिङ प्रमुख कारण बन्दै आएको पनि बताउनु भयो । उहाँले हुलाकी राजमार्ग महत्वपूर्ण सडक मार्ग भएको भन्दै आर्थिक मेरुदण्डको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘नेपालका विकास निर्माणका कामले तिब्रता नपाउनुको कारण बजेट अभाव मात्रै होइन । आयोजना व्यवस्थापन र नेतृत्वको कमजोरी पनि हो । त्यस्तै आयोजनाभित्र भएको लापरबाही,भ्रष्टाचार मुल तत्व हुन् । यसलाई सहि मूल्याङ्कन गरी त्यस्ता कार्यको अन्त्य गर्न आवश्यक छ । निर्माण आयोजनाहरुको सबै भन्दा कम मूल्यमा हुने बिल्डिङ प्रमुख कारण बन्दै आएको छ । त्यसले पनि धेरै काम नहुने गरेको छ । हुलाकी राजमार्ग अत्यन्तै महत्वपूर्ण सडक मार्ग हो । आर्थिक रुपमा पनि मेरुदण्डको रुपमा विकास गर्न सकिन्छ । ६५ प्रतिशत काम भएपनि गुणस्तरमा कस्तो छ ।’

बैठकमा बोल्दै डा.अमरेशकुमार सिंहले हुलाकी राजमार्ग आफूहरुको पस्ता बाँचुन्जेल नबन्ने ठोकुवा गर्नुभयो । उहाँले अझै कम्तीमा २० वर्ष हुलाकी राजमार्ग बन्न नसक्ने बताउनु भयो । उहाँले नेपालको हुलाकी राजर्मागको डिजाइन विश्वका कुनैपनि देशमा नभएको मापदण्डमा बनाउन लागि रहेको बताउनु भयो । उहाँले १४ वर्षमा एउटा पुल बनाउन नसक्ने सडक विभागले देशमा सडक बनाउँछ भन्ने विश्वास नभएको बताउनु भयो । उहाँले हुलाकी राजमार्गको ठेक्का दिएर सडक विभागले दुई÷चार जना सांसद बनाउने काम मात्रै गरेको बताउनु भयो । हुलाकी राजमार्गको रकम अनियमितता गरेर संघीय र प्रदेशमा सांसद भएको आरोप लगाउनु भयो । 

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राष्ट्रिय गौरवका आयोजनाहरु समयमा सम्पन्न नहुने र भएपनि गुणस्तरहिन हुने गरेको बताउनु भयो । उहाँले सडकको ठेक्का लिएर र मोविलाइजेसनको पैसा लिएर एकैपटक आयोजनाको म्याद थप गर्न निर्माण कम्पनी जाने गरेको आरोप लगाउनु भयो।  उहाँले राज्यका प्रशासनिक,निर्माण कम्पनीको लापरबाहीका कारण पनि ४५ अर्ब लागत अनुमान गरेको आयोजनामा १ खर्ब पुगेको बताउनु भयो । सांसद दाहालले हुलाकी राजमार्गको ६५ प्रतिशत भएको काम पनि गुणस्तरहिन भएको दाबी गर्नुभयो । उहाँले सडकको भुक्तानी दिन पनि सम्बन्धित निकायका अधिकारीलाई निर्माण व्यवासायीहरुले गर्नुपर्ने भुक्तानीको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो । कमिसन र भ्रष्टाचारबाट नेपालका पूर्वाधार आयोजनाहरुको अन्त्य गर्नुपर्नेमा उहाँको जोड थियो । 

बैठकमा बोल्दै सांसदहरुले विकास निर्माणमा भएको ढिला सुस्तीलाई तिब्रता दिन सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताए । उनीहरुले सरकारले हुलाकी राजमार्ग लगाय अन्य आयोजनाहरुको निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्नेगरी निर्माण कम्पनी,आयोजनालाई निर्देशन दिन सुझाव दिए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक