fbpx

‘सरकारले आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा अझै प्रभावकारी कदम चाल्नुपर्छ’:- माधवकुमार नेपाल

author

समाचारपाटी

५ महिना अगाडि

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताउनुभएको छ । 

आईतवारबाट काठमाडौंमा सशरु भएको पार्टीको केन्द्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो । अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्था बिरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताउनु भयो । उहाँले गठबन्धन दलहरुले तयार पारेका न्युनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिनुभयो । अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले जलवायु परिवर्तनले पारेका असरहरुलाई न्युनिकरण गर्नका लागि सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । 

उहाँले भन्नुभयो,  ‘सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको छ । आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ । मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै पतिगमनकारी तथा पश्चागमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु सञ्चालन गरी राजनीतिक अस्थिरता पैदा गर्ने र सामाजिक सद्भाव खलबल्याउने कोशिस भइरहेको छ । यस्तो अवस्थामा वर्तमान बाम लोकतान्त्रिक शक्तिको सरकार सामु निश्चित दायित्वहरु छन् । खासगरी गठबन्धनमा आवद्ध दलहरुका बीच छलफल गरेर तयार पारिएको न्युनतम साझा कार्यक्रममा समावेश गरिएका विषयहरु संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन एवं विकास गर्ने,संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्ने, देशको अर्थतन्त्र सुदृढ गर्न नीतिगत एवं संरचनागत सुधार गर्ने, उत्पादनमुखि अर्थतन्त्र निर्माण आपूर्ति व्यवस्थामा सुधार गर्ने, राष्ट्रिय उत्पादनमा वृद्धि र रोजगारी सृजना गर्ने, गुणस्तरीय सेवा प्रवाह गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभुति दिने, विस्तृत शान्ति सम्झौताका बाँकि काम र विभिन्न पक्षहरुसँग भएका सहमतीहरुको कार्यान्वयन गर्ने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक, आर्थिक, राजनीतिक, सामाजिक, तथा सांस्कृतिक आदि सबै प्रकारका विभेदहरुको अन्त्य गर्न निरन्तर प्रयास गर्ने । जलवायु परिवर्तने उत्पन्न गरेको जाखिम न्यूनिकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्न पहल गर्ने, राष्ट्रिय हितको रक्षा र स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने, आदि कार्यहरु नै वर्तमान सरकारका मुख्य दायित्वहरु हुन् । वर्तमान सरकार उपयुक्त दायित्व पूरा गर्न अझ गम्भिरता र तदातरुपताका साथ लाग्न आवश्यक छ । यतिबेला हाम्रो पार्टी तीन वटै तहको सरकारमा संलग्न छ । हामो पार्टी यो सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको छ । ’

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा संलग्न रहेकाले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको दाबी समेत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो