fbpx

माध्यामिक तहसम्म शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्नेमा माधवकुमार नेपालको आशंका

author

समाचारपाटी

१ year अगाडि

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । 


शुक्रवार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको उपयुक्त र जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधानले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहले सो जिम्मेवारी पूरा गर्न सक्नेमा आशंका व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहले शिक्षण संस्थाको उन्नति र प्रगतिमा भन्दा आफ्ना मान्छेलाई नियुक्त गर्नका लागि मात्रै प्रयोग गर्ने हो कि भन्ने आशंकाका कारण प्रश्न उठिरहेको बताउनु भयो । यद्यपी संविधानले दिएको अधिकारलाई अहिले नै परिवर्तन गर्न नसकिने उहाँको भनाई छ । वार्ता र छलफलबाट तत्कालै सम्बोधन गर्न सकिने कुराहरुलाई सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
उहाँले भन्नुभयो – ‘शिक्षकहरु आन्दोलित छन् । उनीहरुलाई स्थानिय तहको मातहतमा, माध्यामिक तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी के स्थानीय तहले पूरा गर्न सक्छन् ? के त्यसले समष्टिगत पक्ष सोच्न सक्छ ? कि उसले स्कुलमा आफ्नो मान्छेलाई कसरी भर्ना गर्ने ? आफ्ना नजिकका मान्छेलाई पढोस्, नपढोस्, पढाओस्, नपढाओस्, त्यहाँ भर्ना गर्ने र शिक्षण संस्थाको उन्नति र प्रगति भन्दापनि त्यसलाई कसरी उपयोग गर्ने भन्ने कुरामा मात्रै सिमित रहने कुराहरु पनि सोच्न सक्ने स्थिति बन्छ । त्यस हुनाले पनि एउटा प्रश्न उठेको छ । तर संविधान बनाउँदा हामीले समावेशिताको कुरा सोचेर, अधिकारको विकेन्द्रीकरण गर्ने कुरा सोचेर पालिका तहसम्मनै माध्यामिक तहसम्मको शिक्षाको अधिकार दिएका छौँ । तर यो अहिले तुरुन्तै संविधान संशोधन गर भनेर पनि हुने अवस्था छैन । सडकमा उत्रिएका शिक्षकहरुको जायज कुराहरुलाई, उपयुक्त कुराहरुलाई, आजको निम्ति सम्भव हुने कुराहरुलाई छलफल, वार्ता गरेर यो समस्याको समाधान निकाल्नु आवश्यक छ ।’

अध्यक्ष नेपालले देशमा संकटको बादलहरु मडारिएको बताउनु भयो । उहाँले गठबन्धनमा आवद्ध पार्टी र नेताहरु अनुभवि रहेका भन्दै नेताहरु एक ठाउँमा बसेर छलफल गरेमा समस्यामा समाधान निकाल्न सक्ने बताउनु भयो । उहाँले देशको समस्याको समाधान सबैभन्दा बढी कम्युनिष्ट पार्टीले मात्र दिनसक्ने उल्लेख गर्नुभयो । कम्युनिस्ट पार्टीसँग वैज्ञानिक दृष्टिकोण भएको कारण समस्याको समाधान गर्नसक्ने उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘यो देशमा जुन किसिमको संकटका बादलहरु मडारिँदै छन् । ति सबै संकटका बादलहरुमा के–के पक्षहरुले काम गरिरहेको छ ? यसलाई राम्ररी अध्यययन गरौँ । त्यसलाई समाधान गर्ने उपायको निम्ति अगाडी बढौँ । समस्याको समाधान दिन सक्छौँ । किनभने हामीलाई थाहा छ कि जुन गठबन्धन हामीले बनाएका छौँ त्यहाँ गठबन्धन सरकारमा विभिन्न अनुभव प्राप्त गरेका पार्टीहरु छन् । गठबन्धनका नेताहरु एक ठाउँमा बसेर गम्भिरताका साथ छलफल गर्ने हो भने समाधान निकाल्न सकिन्छ । देशको समस्याको समाधान कम्युनिस्ट पार्टीले नै सबैभन्दा बढी दिन सक्दछ । किनभने कम्युनिस्ट पार्टीसँग वैज्ञानिक दृष्टिकोण छ । कम्युनिस्ट पार्टीसँग देशभक्तिको भावना छ । कम्युनिस्ट पार्टीसँग लोकतन्त्रको मुल्य र मान्यताप्रतिको प्रतिवद्धता छ । यि तीन कुरा भइसकेपछि अरु बाँकी कुराहरु काम गर्ने दौरानमा अनुभवबाट बिस्तारै खारिदै अगाडी बढ्न सकिन्छ । अहिले समस्या के छ भने हामी गम्भिर बन्न सकेका छैनौँ । समस्यामा केन्द्रित हुन सकेका छैनौँ । हामीसँग सिंगो देश बनाउने जुन सोच हुनुपर्ने हो, संकल्प, प्रतिवद्धता हुनुपर्ने हो त्यसको अभाव छ । सबभन्दा पहिले राम्रो, समृद्ध देश बनाउने र देशको मर्यादालाई अन्तर्राष्ट्रिय स्तरमा माथि उठाउने यो सोचका साथ अगाडी बढ्नुपर्छ ।’

उहाँले देशलाई समृद्ध बनाउनका लागि पर्यटन प्रवद्र्धनमा जोड दिनुभयो । त्यसैगरी नेपाली उद्योगि, व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनु भयो ।


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन