‘भ्रष्टाचार सबैभन्दा ठूलो महारोग हो, भ्रष्टाचारकै कारणले हाम्रो सबै क्षेत्रमा समस्या देखिएकाे छ’:-माधवकुमार नेपाल

author

समाचारपाटी

२ years अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभएको छ ।

शुक्रवार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीमा बोल्नुहुँदै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभएको हो । उहाँले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको बताउनु भयो । सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उहाँको भनाई छ । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राख्नुभयो । उहाँले देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताउनु भयो । उहाँले कुनैपनि कुरामा दूरगामी सोँच राख्न नसकिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले संसदमा पनि भनेको थिएँ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो ? लुम्बिनीको जरुरी थियो ? त्यहाँ अर्बौंको खर्च भएको छ । त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदी अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो । उदाहरणका लागि निजगढमा विमानस्थल बनाएको भए निजगढको विमानस्थलले हाम्रो आवश्यकता पूर्ति गर्ने थियो । अहिले त्यहाँ हवाइजहाज छैन ल्याण्ड गर्नका लागि । उड्नका लागि । यात्रु छैन झर्नका लागि । चढ्नका लागि । भनेपछि हामीले आवश्यताको प्राथमिकीकरण पनि गर्दैनौँ । पुल निर्माणमा त्यस्तै छ । एउटा नदीमा दशवटा पुल छ । कुनै ठाउँमा एउटा पनि पुल छैन । कुनैपनि कुरामा दुरगामी सोचहरु पनि छैन ।’

अध्यक्ष नेपालले देशको सबै क्षेत्रहरुमा समस्या भएको भन्दै समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताउनु भयो । भ्रष्टाचारको अन्त्य सिंहदरबारबाट मात्रै गर्न सकिने उहाँको भनाई छ । उहाँले मुख्य नेतृत्वबाट नै भ्रष्टाचारको अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो । मुख्य नेतृत्वहरुमा भ्रष्टाचार अन्त्य गर्ने इमान्दार प्रतिवद्धता नहुञ्जेलसम्म भ्रष्टाचारको अन्त्य गर्न नसकिने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबै समस्याको मुल कारण भनेको भ्रष्टाचारलाई देखेको छु । भ्रष्टाचार सबैभन्दा ठूलो महारोग हो । भ्रष्टाचारकै कारणले गर्दाखेरी हाम्रो सबै क्षेत्रमा समस्या देखिएका छन् । नीतिमा समस्या छ । परियोजना निर्माणमा समस्या छ । कुनै सम्झौता गर्ने कुरामा समस्या छ । योजनाको कार्यान्वयन गर्ने कुरामा समस्या छ । परिणामप्राप्त गर्ने कुरामा समस्या छ । गुणस्तरीय काम हुन नसक्ने कुरामा समस्या छ । सबै चिजहरुको कारण भनेको मैले भ्रष्टाचारमा देखेको छु । भ्रष्टाचारको अन्त्य अन्तबाट हुँदैन । त्यो माथि बाटै हुन्छ । मान्छे भन्छन् नि सिंहदरबारबाट हुन्छ । अर्थात टप लिडरसिपबाट हुन्छ । जबसम्म टप लिडरशिपमा म भ्रष्टाचार गफले होइन, नाराले होइन, साँचो अर्थमा इमान्दार प्रतिवद्धता व्यक्त हुँदैन । तबसम्म भ्रष्टाचारलाई अन्त्य गर्न सकिँदैन । तपाईले भ्रष्टाचार नगर्ने बित्तिकै भ्रष्टाचारीहरु डराउन थाल्छन् । आत्तिन्छन् ।’

अध्यक्ष नेपालले नेपालले विदेशीहरुसँग अनुचित सम्झौता गर्ने गरेको दाबी गर्नुभयो । उहाँले नेपालले विदेशीहरुसँग कुनैपनि सम्झौता गर्दा चुक्ने गरेको उल्लेख गर्नुभयो । उहाँले विदेशीहरुसँग भएको सम्झौताहरुको सम्बन्धमा किन अनुगमन हुँदैन रु भन्ने प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विदेशीहरुसँग कुनै सम्झौता हुन्छ । त्यहीँ भित्र चुकेको हुन्छ । त्यहाँ चुकिसकेपछि हामी केही पनि गर्न सक्दैनौँ । किन चुक्छन् त रु यसको अनुगमन किन हुँदैन रु के निर्देशन दिएर पठाइन्छ रु हाम्रो सामुमा के बाध्यता आइलाग्छ रु किन उनीहरुको सामुन्य हामी झुक्नुपर्ने रु मलाइ त मन्त्रालयमा काम गरेका मान्छेले भनेका छन् कि विदेशीहरुसँग गरेका सम्झौताका कागज पल्टाएर हेर्ने हो भने कहालीलाग्दो छ । सबै शर्तै शर्त । अनुचित शर्त । ति अनुचित शर्तहरुमा हस्ताक्षर भएको छ । हस्ताक्षर गर्ने त हामी भित्रैका होलान् । मन्त्री कति जिम्मेवार रु सचिव कति जिम्मेवार रु डिजि कति जिम्मेवार रु सरकारको प्रमुख कति जिम्मेवार रु यि सबै कुराहरुको पछाडी, प्रत्यकका पछाडी अलग–अलग कारण हुन सक्लान् । या हामी राम्ररी अध्ययन गर्दैनौँ । त्यो भएर मैले सुनेको छु, बाहिर गइसकेपछि के गर्छन् रु सिमाना नाप्न जाने मान्छेहरुले के–के गर्छन् रु पारीपट्टी भोज भतेर कत्तिको चल्छ रु उनीहरुको झोलाहरु के भरिएर आउँछन् रु यि सबै चिजहरुको निम्ति त राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई राम्ररी थाहा हुनुपर्छ ।’

उहाँले कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको आधारशिला बनाउनुपर्ने बताउनु भयो । यसको निम्ति राज्यले उच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।


काठमाडौं

मङ्लबार, असार १०, २०८२

२३.९१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...