fbpx

‘सकेसम्म कोशीमा मध्यावधि निर्वाचन गर्नुहुँदैन’:- अध्यक्ष माधवकुमार नेपाल

author

समाचारपाटी

१ year अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । 


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताउनु भयो । उहाँले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने बताउनु भयो । उहाँले कोशी प्रदेश सरकार मध्यावधिमा नजानका लागि की मिलेर जानुपर्ने, की कसैलाई साथ दिनुपर्ने र  की चुनावमा जानुपर्ने विकल्पमात्रै रहेको उल्लेख गर्नुभयो । उहाँले मध्यावधि चुनावमा जाँदा आफ्नो पार्टीले अहिलेको संख्याको तेब्बर बढी सिट ल्याउने डरले अन्य पार्टीहरु डराइरहेको दाबी गर्नुभयो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामीले गठबन्धन सरकार बनाएका छौँ । सबै प्रदेशमा गठबन्धन बनाउँदै जाँदा अहिले कोशीमा सुन्नुभयो तपाईंले । यसबीचमा कति वटा सरकार बनिसके । एउटा मुख्यमन्त्री थिए, उनले राजिनामा दिए फेरि अर्को समस्या बनाउन समस्या भयो, अर्को बन्यो फेरि त्यो ढल्यो, फेरि अर्को बने । यही सिलसिलामा कतिसम्म चल्ने हो ? कारण के हो भने हाम्रो निर्वाचन प्रणाली । निर्वाचन प्रणालीमा प्रत्यक्ष निर्वाचित पनि छ, समानुपातिक पनि छ । फेरि संख्या कस्तो भयो भने दुवै मिल्दा बराबर छ । उसको पनि उत्तिकै संख्या पुग्दो रहेछ, यता पनि उत्तिकै संख्या पुग्दो रहेछ । संख्या बराबर भइसकेपछि जो मान्छे मुल बन्छ, जसलाई सभामुख भनिन्छ, जसको पक्षको मान्छे हो, उसको संख्या त घट्ने भयो । सभामुखबाटै मान्छे भागाभाग भइरहेको छ । त्यो लियो भने हाम्रो संख्या घट्ला भनेर । सभामुखले राजिनामा दिएपछि उपसभामुखले पनि राजिनामा दिएर भाग्ने स्थिति भइरहेको छ । जसले अध्यक्षता गर्छ, उसले भोट अन्तिम बेलामा दिन पाउँछ । बराबरी भयो भने । उसको भोट काउण्ट नभए बराबरी हुँदै हुँदैन । त्यो सबैले गर्दा जटिलता शुरु भएको छ । त्यो जटिलता हल गर्ने भनेको दुई वटा उपाय छ । की मिलेर जानु, की कसैलाई साथ दिनु, की चुनावमा जानु । हामीलाई फरक पर्नेवाला छैन । किनभने हाम्रो साथीहरुको हिसाव चुनाव भयो भनेपनि हाम्रो पार्टीलाई फाइदै हुन्छ । अहिले हामीसँग ४ सिट छ, सिट संख्या बढेर दोब्बर, तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वास छ । अरु पार्टीहरुको सात्तो गएको छ । यत्रो संख्या छ, ४० सिट जितिएको छ, अर्को पटक २० भन्दा बढ्दैन भनेर डराइरहेका छन् । कोही पार्टीको २९ वटा सिट छ, चुनाव भएपछि त्यो आउँदैन भन्ने डर पनि छ । अरुलाई डर होला, हामी त त्यो बेलामा जति सिट लिनुपर्ने थियो, लिन सकिएन । तैपनि हामी जनता र राष्ट्रलाई पर्ने अर्थको बोझ जुन छ, यो सबै भएकाले सकभर त्यता नगइ कुनै न कुनै उपाय निकालियोस् भन्ने पक्षमा छाैँ । देशको राजनीतिमा हाम्रो ध्यान छ ।’ 

अध्यक्ष नेपालले कोशी प्रदेश सरकार मध्यावधि चुनावमा नगइ टिकाइरहन कुनै उपाय निकालिनुपर्ने बताउनु भयो । 


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन