fbpx

‘आजपनि देशको संसद र संविधानमाथि धावा बोल्ने कुरा भइरहेको छ’:-माधवकुमार नेपाल

author

समाचारपाटी

१ year अगाडि

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताउनुभएको छ । 

दुई दिनसम्म चलेको नेकपा(एकीकृत समाजवादी)को पोलिटब्युरो बैठकको सोमवार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालिन एमालेबाट बिद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गर्नुभएको हो । उहाँले आफूहरुले बिद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद समाप्त पारिसकेको हुने विश्लेषण सुनाउनु भयो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले बिद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरु माथि दमन र अत्याचार हुने पनि बताउनु भयो । त्यस्तै उहाँले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिनुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरुलाई आग्रह गर्नुभएको थियो । 

अध्यक्ष नेपालको सम्बोधनबारे जानकारी दिँदै प्रवक्ता खतिवडाले भन्नुभयो – ‘पार्टीले अबको दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने भन्ने कुरालाई उहाँले जोड दिनुभएको छ । र सँगसँगै हामीले बिद्रोह नगरेको भए यो देशको संविधान, संघीयता र संसद सबै तत्कालिन सर्वसत्तावादको नेतृत्व गरिरहेका केपी ओलीले समाप्त गरिसक्नु हुन्थ्यो र त्यति मात्रै होइन हाम्रा विचार समूहमा रहेका सम्पूर्ण पार्टीहरु माथि, पार्टीका कार्यकर्ता माथि चरम दमन र अत्याचार गर्नुहुन्थ्यो भन्ने कुरालाई पनि उहाँले बैठकमा जानकारी गराउनु भयो । यसैगरी आजसम्मको घटनाक्रम र प्रवृत्तिलाई हेर्दा हाम्रो पार्टीले जे बिद्रोह गर्यो यो बिद्रोह बडो औचित्यपूर्ण भएको छ । आजपनि देशको संसद र संविधानमाथि धावा बोल्ने कुरा भइरहेको छ । आजपनि अग्रगमनलाई जोगाउनको निम्ति हाम्रो महत्वपूर्ण भुमिका स्थापित भइरहेको छ भन्ने कुरा बताउनुभएको छ । हामीले सबभन्दा पहिले आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारी आफैँ पूरा गरौँ । यसको सफलता र असफलतामा हामी अरुलाई शेयर गर्न सक्छौँ । तर आफूले जिम्मेवारी पूरा नगरी अरुको मात्रै आलोचना गर्नुको अर्थ हुँदैन । एकढिक्का भएर पार्टी निर्माण गर्न लागौँ । पार्टी अध्यक्षको सन्देश यही नै थियो । आगामी दिनमा पार्टी कसो गर्दा प्रभावकारी बन्नसक्छ भन्ने विषय नै सम्पूर्ण कार्यकर्ताहरुको ध्यान थियो । माघ महिनामा महाधिवेशनमा जाँदै छौँ । महाधिवेशनमा जाँदा कस्ता विचारलाई लिएर अगाडी बढ्नुपर्छ भन्ने कुरामा नै कार्यकर्ताहरुको धारणा सबभन्दा बढी व्यक्त भयो । हाम्रो पार्टी अझ बढी सबल, समृद्ध र अझ बढी क्रान्तिकारी रुपान्तरणको पक्षमा देखिनुपर्छ भन्नेकुरा नै कार्यकर्ताहरुको मुख्य जोड रहेको छ ।’ 

बैठकमा पोलिटब्युरो सदस्यहरुले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए । भोलिदेखि चल्ने पार्टीको केन्द्रिय कमिटीको बैठकको पूर्वतयारीका रुपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताउनु भयो ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन