यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

author

समाचारपाटी

३ दिन अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताका पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको राजनीतिक अवस्था हेर्दा सरकारले मुलुकलाई राम्रोसँग हाँक्न नसकेको बताउनु भयो । उहाँले सरकारले जनभावनालाई बुझ्न र जनचाहनाको सम्मान गर्न नसकेको बताउनु भयो । सरकारले यो सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको बताउनु भयो । वर्तमान सरकार जनमुखी नभइ जनविरोधी, सुशासनको नभइ कुशासनको पक्षपोषक रहेको आरोप लगाउनु भयो । त्यसैले यो सरकारलाई साथ दिन नसकिने उहाँको स्पष्टीकरण छ । वर्तमान सरकारको पतन अनिवार्य रहेको र समय मात्रै पर्खिनुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्रोसँग हाँक्न सकेको छैन । जनभावनालाई बुझ्न सकेको छैन । जनचाहनालाई सम्मान गर्न सकेको छैन । सही नीति अवलम्वन गर्न सकेको छैन । जनताका पीडा, वेदनालाई सम्बोधन गर्न पनि सकेको छैन । त्यसो हुनाले यो सरकारले जनताको विश्वास पनि जित्न सक्दैन, जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था छैन । यो सरकार जनमुखी होइन, जनविरोधी हो । यस्तो सरकार जुन सुशासनको पक्षधर होइन, कुशासनको पक्षपोषक हो । यस्तो सरकारलाई हामीले साथ दिने कुरै आउँदैन । यसको पतन अनिवार्य छ । खालि हामीले समय पर्खिनुपर्ने हुन्छ । आत्तिनुपर्ने केही आवश्यकता छैन ।’

अध्यक्ष नेपालले देशमा आर्थिक मन्दी, बेरोजगारी बढिरहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन