fbpx

मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्षमा रामजी प्रसाद अधिकारी

author

समाचारपाटी

२ years अगाडि

पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित हुनुभएकाे छ । पोखरामा आज सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यिय कमिटिको घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित अधिकारी सहारा क्लव पोखराका महासचिव समेत हुनुहुन्छ ।

उहाँ लामो समय देखि खेलकुद लगायत सामाजिक क्षेत्रमा कृयाशिल हुनुहुन्छ । त्यसै गरी कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय, सहसचिवमा शेरकाजी गुरुङ, कोषाध्यक्षमा विजय भुजेल र कार्यसमितिको सदस्यमा कन्चन थापा गणेश भण्डारी, हरि जि.सी, बुद्घि खनाल, जितु शाही, लेखनाथ लम्साल, टंक पौडेल, बुद्घ सिंह, रमेश भण्डारी,
प्रविण रानाभाट, प्रेम बहादुर भुजेल, बेल बहादुर गुरुङ, सुन्दर श्रेष्ठ, कुशल राना, फणिन्द्र तिमिल्सिना, विशाल खड्का र महेन्द्र अधिकारी रहेका छन् ।

भेलाले माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा अनिल गुरुङसहित ११ सदस्यिय कमिटि र रुपा गाउँ पालिकाका अध्यक्षमा सुन्दर श्रेष्ठसहित ९ सदस्यिय कमिटको घोषणा गरेको छ ।

भेलालालाई सम्वोधन गर्दै एकेडेमीका अध्यक्ष धु्रव आचार्यले नेपाली खेलकुदको जगलाई बलियो बनाउने काममा एकेडेमी अघि बढेको बताउनुभयाे । जननेता मदन भण्डारीको विचारले नै खेलकुदलाई अग्रगति दिने बताउँदै उहाँले भन्नुभयाे–“एकेडेमी मदन भण्डारीको विचारमा उभिएको छ । यो उहाँको विचार र अभियान संग जोडिएको मात्रै छैन हजारौं खेलाडी र खेलप्रेमीहरुको भावना संग समेत यसको सामिप्यता छ ।”

खेलाडीहरुको सम्वन्धमा एकेडेमी गम्भिर रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले खेलाडीको खेल जिवन पश्चात जिवन निर्वाहका लागि रोजगार संग जोड्न एकेडेमीले आफ्ना कार्यक्रमहरु अघि सार्ने बताउँदै उनले खेलकुद मनोरन्जनका लागि मात्रै नभई रोजगार,समृद्धि र पर्यटनसमेत जोडिएको बताउनुभयाे ।

लुम्विनीमा सम्पन्न दोश्रो राष्ट्रिय भेलामा ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको जनाउँदै अध्यक्ष आचार्यले खेलकुदलाई अग्रगति दिन संगठनको विस्तारलाई समेत तिव्रता दिएको बताउनुभयाे । उहाँले हालै एकेडेमीले प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने गरी घोषणा गरेको बताउँदै आगामी असारमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने
गरी तयारी सुरु गरिने बताउनुभयाे । पोखरामा यहि बैशाख २३ गते बाट सुरु हुने केपी ओली कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता भव्य बनाउन उनले पोखरेलीहरुलाई साथ दिन आग्रह समेत गर्नुभयाे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै कास्की क्षेत्र नं ३ का संघिय सांसद दामोदर बैरागी पौडेलले एकेडेमी खेलकुद विकासका लागि महत्वपूर्ण संस्था रहेको जनाउँदै एकेडेमीका कृयाकलापमा आफ्नो साथ रहने बताउनुभयाे । एकेडेमीका गण्डकी प्रदेश इन्चार्ज तथा उपाध्यक्ष राजेश कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश पूर्व सांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मी,एकेडेमीका उपाध्यक्षद्वय तेज विक्रम बस्नेत, तुल्सी मैनाली र केन्द्रिय सचिवालय सदस्य कृष्ण तिमिल्सिना, नवनिर्वाचित कास्कीका अध्यक्ष रामजी प्रसाद अधिकारीलगायतले आफ्ना भनाई राख्नुभएकाे थियाे ।


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन