fbpx

‘बिदेशमा बसेर लगानी गर्ने हजारौं श्रष्टाहरुले दुस्ख भोग्नु परेको छ’ :- गीतकार अनु शाह

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनुराधा शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुनुहुन्छ। बिद्यालय जीवन देखिनै राष्ट्रिय नाँच घरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रंगमन्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापर्नुभएकाे थियाे।

काठमाण्डौं सितापाईलामा स्वर्गिय पिता लालबिक्रम शाह र माता दया देबि शाहकी प्रथम सन्तानको रुपमा जन्मिएकी अनु शाह उच्च शिक्षा हासिल गर्न अमेरिका पुग्नुभएकाे थियाे। उहाँले अमेरीकाको नर्थ वेस्टर्न बिश्वबिध्यालय बाट बाल मनोबिज्ञानमा स्नातकोत्तर गर्नुभएकाे छ।

सानै देखि कला क्षेत्रमा प्रवेश गरेकी प्रख्यात गीतकार साहित्यकार अनु शाहको दुइ सय भन्दा बेसी गीतहरु रेकर्ड भईसकेका छन् भने दुइ दर्जन गीतका म्यूजिक भिडियो समेत आफैले निर्माण गरिसक्नुभएकाे छ। बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखन संगै अभिनय र निर्माण पक्षमा समेत उत्तिकै ससक्त भएर नेपाली कला साहित्य क्षेत्रमा योगदान पुर्याउदै आउनुभएकाे छ। चलचित्र भिमदत्तमा सह -निर्मात्री रहनुभएकी उहाँले ‘सुक्का मानो’ र ‘उफ्फ यो मन’ नामका चलचित्र निर्माण गरेकी छिन जुन अहिले प्रदर्शनको पर्खाईमा हुनुहुन्छ। साहित्यकार शाहले नेपाली भाषा साहित्यमा मात्र नभै हिन्दी, अंग्रेजी, नोवारी र मैथली भाषामा पनि थुप्रै गीत र कबिता लेख्नुभएकाे छ। “कम टेक माई ह्याण्ड, ह्वोईन आईएम फिलिंग डाउन‘” गायिका शितल मोक्तानले गाएको निकै चर्चित अंग्रेजी गीत हो। गीतकार संघको आजिबन सदस्य रहेकी शाह राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र ज्योती साहित्य प्रतिष्ठानमा लाईफटाईम मेम्बर हुन् भने रेडियो हिमालयनको गार्जेन मेम्बर हुनुहुन्छ। कला साहित्य विधामा उल्लेखीय योगदान पुर्याउदै आएकी अनुराधा शाहले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा अवार्डहरु हासिल गरिसक्नुभएकाे छ। सामाजिक कार्यमा समेत उत्तिकै रुचि राख्ने उहाँले नेपालका धेरै संघ संस्थामा आश्रित अनाथ असहाय, दुखि पिडित बेसहाराहरुलाइ बिदेशमा रहेर पनि सहयोग गर्दै आउनुभएकाे छ। प्रबास रहेपनि संधै नेपाललाई माया गर्ने अनु शाह कला साहित्यकी मुर्धन्य व्यक्तित्व हुनुहुन्छ।

पेशाले शिक्षिकाको रुपमा कार्यरत गीतकार अनु शाह ब्यस्त समयको बाबजुद पनि नेपाली गीतसंगीत र कला साहित्यमा दरिलो खम्बा बनेर नेपाली सांगीतिक आकाशमा नक्षत्रको रुपमा स्थापित हुनुभएकाे छ। उहाँको लेखन शैली उहाँको शब्द चयन देखि उहाँको प्रस्तुति समेत उत्कृष्ट रहेको यस क्षेत्रका जानकारहरु बताउँनुहुन्छ।

समग्र नेपाली मनोरंजन क्षेत्रमा करडौ लगानी गरेकी गीतकार तथा निर्मात्री अनु शाहलाइ केहि संगीतकार, चलचित्र निर्माता, निर्देशक देखि अन्य केहि व्यक्तिहरुले ठगि गरेको बताउँनुहुन्छ। उहाँ भन्नुहुन्छ सुरुमा मिठो र राम्रो राम्रो कुरा गरि बिश्वास दिलाएर काम र पैसा लिन्छन पछि कुनै काम समयमा गर्दैनन् त्यसैले नेपालमा पैसा लगानी गर्नु भन्दा पहिले सोच्नु पर्ने रहेछ। बिश्वासको आधारमा लगानी गरेर आफु डुबेको उहाँ दुखेसो पोख्नुहुन्छ। थुप्रै कामहरु रोकिरहेको छ, गित संगीत र रचनाहरु हराईरहेका छन्, चलचित्र तयार भएर पनि प्रदर्शन गर्न दिएका छैनन्, विभिन्न बहानाबाजीमा झुलाइरहेका छन्। केहि संगीतकार र चलचित्रकर्मीहरुले ठगि गरेको उहाँको आरोप छ। त्यसैले त्यस्ता ठगि गर्ने गिरोहहरुलाई अब कानुनि प्रक्रियामा लैजाने र मिडिया मार्फत उक्त ठग्ने व्यक्ति र काम पुरा नगर्नेहरुको नाम सार्बजनिक गर्ने तयारीमा रहेको उहाँले बताउनुभयाे। हामी दुस्ख गरि पैसा जम्मा गरेर नेपालमा लगानी गर्छौ तर त्यसको उचित मुल्यांकन र सदुपयोग नहुँदा म जस्ता बिदेशमा बसेर लगानी गर्ने हजारौं श्रष्टाहरुले पिडा भोग्नु परेको बताउँनुहुन्छ ।

नेपाल आउँदा र अमेरिका रहंदा समेत सधै गित संगीत, चलचित्र र साहित्यमा लगानी गर्ने बहुप्रतिभाशाली व्यक्तित्व अनु शाहको केहि साहित्यिक पुस्तक, म्यूजिक भिडियो र चलचित्र आउन लागेको उहाँले जानकारी गराउनुभयाे।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन