बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले छुट्यायाे एक करोड बजेट

author

समाचारपाटी

२ years अगाडि

बुटवल। लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन एक करोड रुपैयाँ बजेट छुट्टाएको छ । यो वर्षको बुद्ध जयन्ती वैशाख २२ गते मनाइँदैछ । बुद्ध जयन्ती अन्तर्गत वैशाख २१ गते बिहान दीप प्रज्ज्वलन, महापरित्राण हुने र २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयाे ।

२२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्ने कार्यक्रम रहेको शाक्यले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयाे ।

यस्तै २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

हरेक वर्ष बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट छुट्याउने गरेको सदस्य सचिव शाक्यले बताउनुभयाे । ‘बुद्ध जयन्ती मनाउन हरेक वर्ष एक करोड बजेट छुट्याउने गरिएको छ, गत वर्ष भने भारतीय प्रधानमन्त्री आउने भएकाले तीन करोड खर्च भएको थियो’, सदस्य सचिव शाक्यले भन्नुभयाे ।

विकास कोषले ठूलो धनराशी खर्च देखाउने गरेपनि त्यसको प्रभाव र पारदर्शिता नभएको स्थानीयको गुनासो छ । लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले विकास कोषले बुद्ध जयन्तीका नाममा हुने खर्चको औचित्य कोषले पुष्टि गर्न नसकेको बताउँनुहुन्छ ।

‘बुद्ध जयन्तीमा हरेक वर्ष ठूलो धनराशी खर्च देखाइन्छ तर त्यसको पारदर्शिता र औचित्य विकास कोषले पुष्टि गर्न सकेको देखिन्न’, गुप्ताले भन्नुभयाे, ‘यहाँ हुने भौतिक निर्माणका सवालमा पनि अनियमितता भएको, गुरुयोजना विपरीत काम भएको भनेर अख्तियारमा उजुरी पर्ने गरेको छ ।’

onlinekhabar


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन