fbpx

प्रेमी बाबुराम भुजेलबाटै सुमिना श्रेष्ठको हत्या, प्रहरीद्वारा सार्वजनिक

author

समाचारपाटी

९ महिना अगाडि

धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ । 
इलाका पहरी कार्यालय धरानले आज हत्याका आरोपी सार्वजनिक गरेको हो । प्रेमी धरान उपमहानगरपालिका वडा नं. १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ । प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । जिल्ला प्रहरी कार्यालय धरानले शुक्रवार उनलाई सार्वजनिक गर्दै सोबारे जानकारी दिएको हो । प्रहरीका अनुसार अनुसन्धान कार्य अघि बढाउनुका साथै संलग्न व्यक्तिको बारेमा बुझ्दै जाँदा मृतक प्रेमिका सुमिना श्रेष्ठ र सविन भन्ने बाबुराम भुजेलकोबीच करिव २ वर्ष अघिदेखि सामाजिक सञ्जालमार्फत सम्बन्ध गाँसिएको देखिएको बताएको छ । २०८० पौष महिनादेखि सुमना श्रेष्ठले ग्लोलोराइस धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग चिनजान भएको, निजहरु एकआपसमा नजिक हुन थालेको, फेसबुक आईडी समेत एउटै चलाउने गरेको, जसले गर्दा उनीहरु बीचको सम्बन्ध नजिक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रेमसम्बन्धकै कारण तीन महिनापछि दुई जनाको प्रेम सम्बन्ध चिसिएको भएपनि सुमिना र प्रेमी भुजेलको काम विशेषले २०८० साल चैत ०२ गते प्र्रेमिका सुमिनालाई धनकुटाको मुलघाटमा लगेपछि उनीहरुबीचको सम्बन्ध अझ चिसिएको प्रहरीको भनाई छ ।

सम्बन्ध चिएिकएकै कारण २०८० साल चैत ७ गते अन्दाजी २ः५० बजेको समयमा जिल्ला सुनसरी, धरान उ.म.न.पा वडा नं. १८ वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बीच रहेको एकान्तमा खोल्सामा खुकुरी प्रहारमार्फत घटना गराएर फरार रहेको देखिएको छ । प्रहरीको अनुसन्धानको क्रममा किशोरीको घाँटी रेटिएको अवस्थामा मृत फेला प्रहरीले पारेपछि  सुनसरी प्रहरीको कमाण्डमा अनुसन्धान टोली, ईलाका प्रहरी कार्यालय धरान सोसो सहितको प्रहरी अधिकृतको टोली र नेपाल प्रदेश प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन