fbpx

लसएन्जलस डढेलोबाट १ हजार बढी घर जले,५ जनाको मृत्यु

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोबाट १ हजार १ सय बढी घर जलेका छन् । डढेलोको चपेटामा परेर ५ जनाको मृत्यु भएको छ । यो डढेलो सबैभन्दा विनाशकारी भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा पर्ने प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । प्यासिफिक प्यालिसेड्स सान्टा मोनिका पहाडमा पर्दछ । यो पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ ।

डढेलो लागेको क्षेत्रको भ्रमण गरेका क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले भनेका छन्, ‘खतराबाट कोही पनि सुरक्षित छैनन् ।’ उनले सो लसएन्जलस क्षेत्रमा आपत्काल घोषणा गरेका छन् । उनका अनुसार अहिले ९७ किलोमिटर प्रतिघण्टामा चलेको हावाको वेगसँगै आगोले हरेक पाँच मिनेटमा पाँच वटा ठूला फुटबल मैदानजत्रा क्षेत्र सखाप बनाइरहेको छ । तर १६० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने सम्भावना रहेकाले अवस्था अझै खतरनाक हुने उनले चेतावनी दिएका छन् ।

डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । लसएन्जलस टाइम्सले ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जनाएको छ । सो क्षेत्रका २८ हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । विद्यालयहरु पनि बन्द छन् । जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ । पाँच वटा हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्नि नियन्त्रकहरु सक्रिय छन् । तर प्रयास सफल हुन सकेको छैन ।

वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको अधिकारीहरुको भनाइ छ । सुकेका रुख, पातपतिङ्गर र सान्टा आना नामको आँधीले आगो भयानक बनाएको बताइएको छ । झण्डै १६ हजार एकड क्षेत्रमा डढेलोले क्षति पुर्‍याइसकेको छ ।डढेलो अनियन्त्रित भएपछि मानिसहरुको भागाभाग भएको भिडियो देखिन्छ । मानिसहरु सडकमै सवारी साधन छाडेर भागेपछि कतिपय स्थानमा बाटो खुलाउन डोजर प्रयोग गर्नुपरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार प्यासिफिक प्यालिसेड्स क्षेत्रमा बस्दै आएका दिग्गज अभिनेताहरु युजिन लेवी, जेम्स उड्स, जेमी ली कर्टिस, मार्क हमिल, म्याण्डी मुर लगायतले आफ्ना घर छाडिसकेका छन् ।

अग्नि नियन्त्रण विभागको बजेट कटौती र घाना भ्रमणले मेयरको आलोचना

मानिसहरु डढेलोको चपेटामा परेका बेला लसएन्जलसका मेयर करिब बास भने अफ्रिकाको यात्रामा थिइन् । उनी घानाका राष्ट्रपतिको निम्तोमा गएकी थिइन् । मानिसहरु आगोमा चलिरहेका बेला मेयरको अनुपस्थितिलाई लिएर आलोचना भएको थियो । उनी बुधबारै फर्किसकेकी छन् ।

तर उनले आफू यात्राको क्रममा हरेक घण्टा स्थानीयसँग सम्पर्कमा रहेको र परिस्थितिबारे जानकारी लिने गरेको बताएकी छन् ।अग्नि नियन्त्रण विभागको बजेट १७ मिलियन डलरभन्दा बढीले कटौती गरेकाले पनि उनको आलोचना भइरहेको छ ।

onlinekhabar


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन