fbpx

कोशी प्रदेशकै लामो झोलुङ्गे पुल उद्घाटन

author

समाचारपाटी

१ हप्ता अगाडि

झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्ने देशकै तेस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । बिहीवार झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको उद्घाटन गर्नुभएको हो । यससँगै पुल कोशी प्रदेशकै लामो पुल बनेको छ । बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण भएको ४७७ मिटर लम्बाइको झोलुङ्गे पुल बिहीवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । पुल उद्घाटन गर्दै महामन्त्री शर्माले पुल आवतजावतको लागि सहज मात्रै नभइ यसले स्थानीयवासीको जीवन बदल्ने विश्वास लिएको बताउनु भयो । 

अब बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ पुलले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने स्थानीयवासीको आशा छ । सोही आशा यथार्थमा परिणत हुने विश्वास आफूहरूले लिएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताउनु भयो । 


पुलमा अहिलेदेखि नै मानिसहरूको घुइँचो लाग्न थालेको छ । गत असार २४ गते झापा क्षेत्र नं १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री शर्माले पुलको शिलान्यास गर्नुभएको थियो ।  थानी जगदम्बा जेभी काठमाडौंले निर्माण गरेको झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा पारेको थियो । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने भएपनि करिव ६ महिनामै उक्त काम सम्पन्न भएको हो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू