fbpx

कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री रामनाथ अधिकारी

author

समाचारपाटी

२ महिना अगाडि

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य  उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पु¥याएको बताउनुभएको हो । उहाँले पशुपालन क्षेत्रले लाखौं नेपालीको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको भएपनि चुनौतिबाट टाढा रहन नसकेको बताउनु भयो । उहाँले पशुपालन क्षेत्रले उपयुक्त पोषण, प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो । बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतिहरुले जटिलता थप्दै गएको उहाँको भनाइ छ । उहाँले एफएओले नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यको अवधारणालाई प्रवद्र्धन गर्न सहयोग गरेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पुर्याएको छ । यस क्षेत्रले लाखौं नेपालीहरुको विजिकोपार्जनमा महत्वपूर्ण भुमिका खेलेको छ । यद्यपि यस क्षेत्रले उपयुक्त पोषण प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको छ । त्यसका अतिरिक्त बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने  जुनैटिक रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीहरुले जटिलता थपेका छन् । यस सन्दर्भमा एफएओ नेपाल हाम्रो महत्वपूर्ण साझेदार बनेको छ । यस संस्थाले विभिन्न कार्यक्रम र पहलहरुमार्फत नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यका अवधारणालाई प्रवद्र्धन गर्दै आएको छ । स्थापना कालमा यस संस्थाले नेपाल सरकारलाई बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणमा पु¥याएको सहयोग स्मरणयोग्य छ । हाल युएसएडको सहयोगमा ग्लोवल हेल्थ सेक्युरिटी प्रोग्राम अन्तर्गत एफएओ नेपालले चुनौति रोगहरुको रोकथाम तथा नियन्त्रण र प्रतिरोधका विरुद्ध नेपाल सरकारका सहयोग पु¥याउँदै टेवा दिँदै आएको कुरा स्मरण गराउन चाहन्छु । यो सन्दर्भमा एफएओ नेपालको सहयोग र सराहनीय मात्र नभई अतुलनीय रहेको हामीले महशुस गरेका छौं । ’


पशुबाट मानिसमा सर्ने रोगहरुको चुनौतिको सामना गर्दै भविष्यका लागि एक दिगो र सक्षम पशु स्वास्थ्य प्रणाली आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन