fbpx

राज्यले कृषि क्षेत्र र कृषकलाई कुनैपनि बहानामा उपेक्षा गर्दैनः विकासमन्त्री ज्वालाकुमारी साह

author

समाचारपाटी

८ महिना अगाडि

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राज्यले कृषि क्षेत्र र कृषकलाई कुनैपनि बहानामा उपेक्षा नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 


शनिवार चितवनमा शुरु भएको नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषि क्षेत्रमा रहेका महिलाहरुको आम सुरक्षा,मर्यादित एवं सम्मानित कृषि उद्यमशिलताको प्रत्याभुति गर्न निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रको विकासमा लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गर्दै महिलाहरुको समस्या समाधानमा लाग्नुपर्ने बताउनु भयो । उहाँले कृषिमा नविनता, दिगोपन र उद्यमशिलताका विषयमा कृषि क्षेत्रका परिवर्तनकारी क्षेत्रमा निर्माण र कार्यान्वयनमा विज्ञहरुको निरन्तर सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत महिलामैत्री कृषिकरण उपलब्धताको सुनिश्चिततासँगै महिलाहरुबाट सञ्चालित कृषि सहकारी, समूह, कृषि फार्महरुको विकासको लागि मन्त्रालयको विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रमा रहेका महिला दिदिबहिनीहरुको आम सुरक्षा,मर्यादित एवं सम्मानित कृषि उद्यमशिलताको प्रत्याभुति गर्न निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु । कृषि क्षेत्रको विकासमा लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गर्दै महिला दिदि बहिनीको समस्या समाधानमा लाग्नु मेरो कर्तव्य हो भन्नेमा म सचेत छु । कृषिमा नविनता, दिगोपन र उद्यमशिलताका विषयमा कृषि क्षेत्रका परिवर्तनकारी क्षेत्रमा निर्माण र कार्यान्वयनमा तपाईहरुको निरन्तर सल्लाह, सुझाव र सहायेगको अपेक्षा राखेको छु । हाल कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत महिलामैत्री कृषिकरण उपलब्धताको सुनिश्चिततासँगै महिला दिदि बहिनीहरुले यसको समुचित प्रयोग गर्दै आउनुभएका कुरा जगजाहेर नै छ । महिला दिदिबहिनीहरुबाट सञ्चालित कृषि सहकारी, समूह, कृषि फार्महरुको विकासको लागि मन्त्रालयको विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । राज्यले कृषि क्षेत्र र कृषकलाई कुनैपनि बहानामा उपेक्षा नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ 

मन्त्री साहले कृषिलाई प्राथमिकता दिने, उत्पादन बढाउने, खपत बढाउनुपर्ने विषयमा आफू पूर्ण सहमत रहेको बताउनु भयो । उहाँले आर्थिक विकासको लागि स्वदेशी उत्पादन एवं उपभोग बढाउन आवश्यक जोड दिने पनि बताउनु भयो । आजबाट शुरु भएको सम्मेलन १८ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा ४० वटा स्टल रहेका छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक