पोखरा । गायक नितेश जंग कुँवर फेरि सांगीतिक क्षेत्रमा फर्किएपछि पोखरामा सांगीतिक कार्यक्रम गर्ने हुनुभएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा माघ २० गते साँझ लाइभ कन्सर्टमा उहाँ सहभागी हुदैहुनुहुन्छ ।
उहाँले केही सिक्नकै लागि आफु सांगीतिक क्षेत्रबाट केही समय टाढिएको र अहिले भने फेरी सांगीतिक कार्याक्रम मार्फत पोखरामा आउनका लागेको बताउनुभएकाे छ । नेपाली युवा पुस्ता माझ चर्चित गायक हुनुहुन्छ ।
उहाँले यस्तै रैछ जिन्दगी, हाम्रो नेपालमा, खोला खोली तिरैतिर, फ्लर्टी माया, आस्मा, निस्ठुरी मोरी, बुझेउ हैन कुरा, ‘ओम नव शिवाय’, ‘रिबर्थ’, लगाएतका चर्चित गीतहरु गाउनुहुनेछ ।
साझँ ८ बजे देखी मध्यरातसम्म चल्ने कार्यक्रममा लाइभ कन्सर्ट नचाउने छन् । कार्यक्रमको टिकट अग्रिम अनलाइनबाट पहिले नै बुकिङ गर्न सकिने प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिनुभयाे । टिकट १ हजार र १५ रहेको उहाँले बताउनुभयाे । उहाँले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन सकिने बताउनुभयाे । उहाँले अग्रम टेबल बुकिङ समेत गर्न सकिने बताउनुभयाे ।