लिटल मीस मन्टेश्वरी २०२५ को उपाधी निहा र स्नेहाले पाएका छन् । हेवन्ली ईभेन्ट म्यानेजमेन्ट द्वारा आयोजना गरीएको लिटल मीस मन्टेश्वरी २०२५ को ग्राण्ड फिनाली पोखरा उद्योग वाणीज्य संघको हलमा सम्पन्न भएको छ । प्रतियोगीताको बिजेता सानो समूहबाट निया श्रेष्ठ बनेकी छन् भने ठुलो समूहबाट स्नेहा थापा बनेकी छन् ।

यसैगरी ठूलो समूहबाट फस्ट रनर अप मान्वी पुरी र सेकेन्ड रनर अप सोनारीका दाहाल बनेकी छन् , सानो समूहबाट फस्ट रनर अप इसीका रानाभाट र सेकेन्ड रनर अप अलैशा सुवेदी बनेकी छन् । प्रतियोगीताको भिवर्स चोईसको ताज भने चेरीसा गुरुङ र बिगिसा गुरुङले पाएका छन् । यस्ता साना नानीहरुको हौसला बढाउने कार्यक्रममा आफू सधै अभिभावकको भूमीकामा रहने कार्यक्रमकी प्रमुख अतिथी गण्डकी प्रदेश पूर्व उपसभामुख सृजना शर्माले बताउनु भयो ।
कार्यक्रमका सभापती एवम हेवन्ली ईभेन्ट म्यानेजमेन्टका संचालक सफल सुबेदीले जित र हार हरेक प्रतियोगीताको नियम रहेको बताउदै १९ जाना नानीहरु धेरै जनमान्सको अगाडी स्टेजमा प्रस्तुती दिनु नै सबै नानीहरुको जीत रहेको बताउदै उपस्थित सम्पुणमा साथ र सहयोगको लागी धन्यवाद व्यक्त गर्नुभएको थियो । नानीहरुको प्रस्तुती मुल्याङकन गर्नका लागी निणायकको भुमिकामा नवदिप स्कुलकी प्राच्राय कौसल्या गुरुङ , पोखरा विशवविधाल्यका उपप्रध्यापक युवराज त्रीपाठी , नेपाल टुरीजम कलेजका प्रच्राय प्रकाश रेग्मी , मन्टेशवरी एसोसीएसन कास्कीका पुर्व अध्यक्ष साल्भी बास्तोला , फेस्न कोरियोग्रफर मोडल अनुसा श्रेष्ठ , प्रशिक्षक मिना झा र मिस्टर एस्ईई २०१८ का विजेता सन्देश भुर्तेल रहनुभएको थियो भने विजेताहरुले नगद रु १५,००० क्राउन , अवाड र प्रमाण पत्र पाएका छन् ।