साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथी प्रा.डा दयाराम श्रेष्ठ, समिक्षक डा. गिता त्रिपाठी , साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली ,नेपाल उपन्यास समाजका अध्यक्ष शंकर भारती ,भुँडीपुराण प्रकाशनका प्रकाशक केशव पराजुली ,पत्रकार जितेन्द्र श्रेष्ठ , लेखक  वाशु सिलवाल लगायत  विभीन्न  व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रा.डा दयाराम श्रेष्ठले उपन्यसकारले आफनै जिवनका दुख पिडाहरुलाई पात्रको रुपमा उपन्यासमा चित्रण गरेको बताउनुभयो ।उहाँले लेखक केसीले छोटो समयमै साहित्यको क्षेत्रमा फडको मारेको भन्दै  लेखक केसीले उपन्यासमा परम्परागत कुराहरुलाई जिवन्त रुपमा चित्रण  गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले लेखक  उषा  केसीले उपन्यासमा  हाम्रो आमा पुस्ताको  कथालाई सिलसिलेवार ढङ्गले  मार्मिक  रुपमा प्रस्तुत   गरेको बताउनुभयो । उहाँले श्रीमानले बहुविवाह गरेर एउटी नारीलाई दिएको पिडा र त्यो पिडा  वहन गर्न नसकेपछि सम्बन्धविच्छेद गरि माईतिमा गएर बस्दा गर्नुपरेका संघर्षहरु  नरोउँ भन्दा पनि आँसु झर्ने गरि अत्यन्त कोमल ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो ।

यस्तै उपन्यास समाजका अध्यक्ष शंकर भारतीले आफुले उपन्यास पढने मौका नपाएपनि लेखक केसीले   पुस्तकको  पेज पल्टाउने बितीकै मृत सासुममी र आमा  दुवैलाई एकैपटक एउटै तस्विरमा एकैठाउँमा समावेश  गरेको देख्न सकिने भन्दै  उहाँले यसले लेखक केसी परिवारप्रति कति उतरदायी हुनुहुन्छ भन्ने कुरा प्रष्ट हुने बताउनुभयो ।

यस्तै समिक्षक  गिता त्रिपाठीले पुरातनवादी सोचबाट ग्रसित  समाजमा एउटी नारी अझैपनि स्वतन्त्र भएर  हिड्न नसकेको भन्दै  नारीका वेदनाहरुलाई समेटिएको उपन्यास पढ्दा आँखाहरु टिलपिल हुने बताउनुभयो ।

यस्तै पत्रकार जितेन्द्र श्रेष्ठले उपन्यासमा आमाको युगको  चित्रण गरिएको भन्दै  उपन्यास वेदनाले भरिपूर्ण रहेको बताउनुभयो ।

भुँडीपुराण प्रकाशनका प्रकाशक केशव पराजुलीले आफु प्रकाशनको क्षेत्रमा विगत ३०  वर्षदेखि निरन्तर लागिरहेको भन्दै  आफुहरुले सबै प्रकारका पुस्ततकहरुको छपाई गर्ने काम गरिरहेको  सन्दर्भमा केसीको पुस्तक पनि सार्वजनिक गर्ने अवसर मिलेको बताउनुभयो ।

यसैगरि  उपन्यासका लेखक उषा केसीले उपन्यास विधामा आफ्नो यो पहिलो कुति भएकाले  उपन्यास कस्तो छ भन्ने कुरा पढेपछि थाहा हुने बताउनुभयो । आफुले लामो समयदेखिको प्रयासलाई साकार रुप दिन सफल भएको भन्दै उहाँले उपन्यासलाई साकार रुप दिन सहयोग गर्ने सबैलाई  धन्यवाद  ज्ञापन गर्नुभयो । लेखक केसीको कृतिको हिसाबले यो तेस्रो कृति हो, तर उपन्यासको क्षेत्रमा भने यो  पहिलो कृति हो ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’