पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी‘देवु’ का गजलहरूमा गजल साँझ सम्पन्न भएको छ । पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र के. सी. ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्नुभएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको गजल साँझमा देवेन्द्र केसी‘देवु’का सातवटा गजल वाचन गरिएको थियो । मायाप्रेम, प्रकृति, राष्ट्रप्रेम लगायतका विभिन्न भाव समेटिएका गजल प्रस्तुत भएको उक्त कार्यक्रममा पोखरेली साहित्यकार, सञ्चारकर्मी लगायत विभिन्न सेवा पेशामा आवद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो ।


उल्लेखित सात गजल मध्ये एक गजलमा..
“अहो क्या छ बान्की तिमी पोखराकी ।
भनुँ रुप खानी तिमी पोखराकी ।।
मनोहर छ आभा फिंजाएर झाँकी ।
भएँ मुग्ध प्यारी तिमी पोखराकी ।।”
भनिएको छ ।

त्यस्तै अर्को गजलमा …….
“चलेको छ ज्यादै घमासान युुद्ध
कलि काल लाग्यो कि देखिन्न बुद्ध ।।”, उल्लेख छ ।
कार्यक्रममा साहित्यकार सरुभक्तले पोखरामा यस किसिमको कार्यक्रम हालसम्मकै पहिलो भएको भन्दै स्रष्टा केसीको प्रशंसा गर्नुभयो । पोखरेली गजलका लागि यो महत्वपूर्ण कार्य भएको उहाँले बताउनुभयो । स्रष्टा एवम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशका अध्यक्ष समेत रहनुुभएका देवेन्द्र केसी‘देवुु’ को अध्यक्षता एवम् समाजका महासचिव असफल गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, कार्यक्रम संयोजक घनेन्द्र ओझा, समाजका पूर्व अध्यक्ष दुर्गाबहादुर शाह‘बाबा’ लगायतले बोल्नुभएको थियो ।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन