लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको मसिर २५ गते मंगलबार स्थापनाको आठौं वर्ष सफलताका साथ पूरा गरी सगौरव नवौं वर्ष प्रवेशको उपलक्ष्यमा नवौं चार्टड नाइट कार्यक्रम पोखरा, न्युरोड मायारा किचनमा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन खेमराज तिमिल्सिनाले गरेका थिए भने कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तैगरी कार्यक्रमको डिस्ट्रिक्ट फर्स्ट लेडी मैना अर्याल, विशिष्ट अतिथी डिस्ट्रिक्ट ३२५ एमका फर्स्ट भि।डी।जि। धनीराम बराल, डिस्ट्रिक्ट ३२५ एमका ट्रेजरर शम्भुराज बास्तोला, चिफ एडभाइजर किशोर बराल, जि.एस.टि कोअर्डीनेटर जगन्नाथ तिमिल्सिना, सिनियर काउन्सीलर दिनबन्दु पौडेल,मेम्बर रीइनिसीएटिट कोअर्डीनेटर मोहन सुबेदी, एक्टेन्सन चियरपर्सन
दुर्गा पाण्डे, सिग्नेचर प्रोजेक्ट एक्सपोर्ट शारदा मोहन काफ्ले, क्लस्टर-१ प्रमुख लक्ष्मण तिमिल्सिना, जोन चियरपर्सन सम्झना रानाभाट,डीपार्टमेन्ट को चिफ दिलू तिवारी, को जोन फडिन्द्र शर्मा, को जोन युवराज पौडेल लगायत क्लबका चार्टर अध्यक्ष प्रा डा सरस्वती न्यौपाने,पूर्व अध्यक्ष डा अमर नागिला, पूर्व अध्यक्ष राम प्रसाद तिमिल्सिना,निवर्तमान अध्यक्ष सन्तोष शर्मा तिमिल्सिना लगाएत क्लब पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर अर्यालले लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको आफूलाई सामाजिक सेवामा अव्वल सावित गरेको बताउँदै सामाजिक क्षेत्रको बिकासमा क्लबले खेलेको भूमिका लायन्स क्लबको यात्रामा गाईडलाईन बनेको उल्लेख गर्नुभएको थियो ।
वक्ताहरुले क्लबले गरेका उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दै लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको छोटो समयमा डिष्ट्रीकमा छुट्टै पहिचान बनाउन सफल भएको र यसको उचित मूल्यांकन हुने पनि जानकारी गराए। कार्यक्रम संचालन क्लवका सचिव लायन छबीलाल पनेरुले गरेका थिए भने कार्यक्रमको संयोजन क्लबका प्रथम उपाध्यक्ष लायन राजु पौडेलले गरेका थिए ।