fbpx

लायन्स क्लव अफ पोखरा डेस्टिनेशनको अध्यक्षमा सन्तोष शर्मा चयन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एम अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेशनको लायन वर्ष २०२३/२०२४ को लागि नयाँ नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव डिस्ट्रिक्ट ३ सय २५ एमका गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको निर्वाचन कार्यक्रम क्लवका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा पोखरामा सम्पन्न भएको हो ।

क्लवले आगामी लायन बर्ष २०२३/२०२४ को लागि सन्तोष शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। क्लवको प्रथम उपाध्यक्षमा खेमराज तिमिल्सिना ,द्वितीय उपाध्यक्षमा राजु पौडेल ,तृतीय उपाध्यक्षमा अशोक सुनार ,सचिवमा छबी पनेरु ,सहसचिवमा शिव केसी ,कोषाध्यक्षमा डा.सरोज पोखरेल ,सहकोषाध्यक्षमा दिपक सुबेदी, क्लवको शिक्षा संयोजकमा सोमनाथ भण्डारी ,सेवा कार्यको सयोजकमा विभिषण तिमिल्सिनालाई चयन गरेको छ ।

कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एम का गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलले आगामी बर्षको लागी चयन भएको नेतृत्वलाई बधाई ब्यक्त गर्दै आफुलाई सेवाको कार्यमा अग्रसर बनाइराख्न निर्देशन दिनुभएकाे थियाे । लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले बिगत पाच वर्ष देखि संचालन गर्दै आएको वृक्षारोपण कार्यक्रम अन्तर्गतका ८०० बिरुवा समर्क्षण समेत गर्दै आएको कुरा अन्य क्लवहरुका लागी बिरुवा सार्ने मात्र नभई संरक्षण समेत जरुरी हुने सिकाइ भएको बताउनुभएकाे थियाे ।

कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एमका द्वितीय डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल ,डिस्ट्रिक्ट चिफ एड्भाइजर धनीराम बराल ,डिपार्टमेन्ट चिफ पुषा आचार्य ,क्लवका पुर्व अध्यक्ष .डा.सरास्वती शर्मा , लक्ष्मण तिमिल्सिना ,डा अमर नागिला ,रामप्रसाद तिमिल्सिना ,रिजन चेयर पर्सन नवराज भण्डारी ,जोन चियर पर्सन रेखा पोखरेल लगाएतको उपस्थिति रहेको थियो ।
लायन्स क्लव डिस्ट्रिक्ट ३२५ एम ले आफ्नो प्रथम कन्भेन्सन्न यहि चैत्र २५ गते पोखरामा गर्दैछ ।


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन