fbpx

लायन्स क्लब अफ पोखरा ब्लु स्काईद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण

author

समाचारपाटी

२ years अगाडि

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईले विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ । पोखरा २३ हर्पनमा अवस्थित श्री जनसिद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो ।

क्लबले विद्यालयमा अध्ययनरत ४० विद्यार्थीलाई झोला, स्टेसनरी सामान र कपडा सेट गरि ८० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको क्लबका अध्यक्ष कमल सुवेदीले जानकारी दिनुभयाे । सुवेदीका अनुसार उक्त रकम क्लबका सदस्य बैकुण्ठ पौडेलले सहयोग गर्नुभएकाे थियाे ।

कार्यक्रममा जनसिद्ध आधारभूत विद्यालयकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक कुमारी क्षेत्रीले क्लबले गरेको कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

त्यस्तै क्लबका संस्थापक अध्यक्ष युवराज पौडेलले संस्थालाई सबैको साथ र सहयोगले नै विगत देखि यस्ता कार्यहरु गर्न सफल भएको बताउनुभयाे । साथै निम्न वर्गीय र सहयोगको आवश्यकता भएकालाई सहयोग गर्नुपर्ने उद्देश्यका साथ ब्लु स्काई स्थापना भएको उहाँको भनाई थियो ।

त्यसैगरि कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने क्लबका सदस्य बैकुण्ठ पौडेललाई क्लबका प्रथम उपाध्यक्ष दिपकराज अधिकारीले आभार व्यक्त गर्नुभयाे । कार्यक्रममा रामजी पौडेलले गीत गाएर विद्यार्थी तथा अभिभावकलाई मनोरञ्जन गराउनुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन