विमान दुर्घटना स्थलमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण, स्मृति पार्क बनाउन पहल गरिने

author

समाचारपाटी

२ हप्ता अगाडि

पोखरा । आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनास्थलमा दीप प्रज्वलन गरिएको छ ।

विमान दुर्घटना भएको स्थान पोखरा महानगरपालिका – १५ स्थित नागबेली टोल र मितेरी टोलवासी लगायत वडाका जनप्रतिनिधिको सहभागितामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।

श्रद्धाञ्जली अर्पण गर्दै टोल विकासका सल्लाहकार नारायण प्रसाद अधिकारीले पर्यटकीय नगरीमा भएको अकल्पनीय दुर्घटनाले समग्र पोखरावासी मर्माहत बनेको बताउनुभयाे। माघे सङ्क्रान्तिको दिन चेलीहरू माइत आउँदै गर्दा, ज्वाइँहरू ससुराली आउँदै गर्दा र आमाबाबुहरू छोराछोरी भेट्न आउँदै गर्दा भएको दुर्घटनाले पारिवारिक मिलन हुन नपाउँदै जीवन समाप्त गर्नु परेको भन्दै मृतकहरूको आत्माको शान्तिको कामना गर्नुभयाे । उहाँले टोलवासी लगायत वडा र महानगरसँग सहयोग मागेर मृतकहरूको सम्झनामा घटनास्थलमा स्मृति पार्क बनाउन चाहेको बताउनुभयाे ।

यस्तै, वडा अध्यक्ष तोरण बहादुर बानियाँले आफ्नै घर आँगनमा यती ठुलो दुर्घटना देख्न भोग्न पर्दा आफूहरू सबै शोकाकुल भएको प्रतिक्रिया दिनुभयाे। घटनामा देशी विदेशी नागरिकले अल्पायुमै मृत्यु वरण गर्न पुगेको बताउँदै यस स्थानमा मृतकहरूको नाम उल्लेखित स्तम्भको निर्माण गरी पार्क निर्माण गर्न सके दिवङ्गत आत्माहरूप्रति सही समवेदना प्रकट हुने विश्वास गर्नुभयाे । साथै बानियाँले यस घटनालाई नजिकबाट देखेका यहाँका कतिपय स्थानीयमा मानसिक तनावका कारण खान मन नलाग्ने, निद्रा नलाग्ने जस्ता समस्या देखिएको भन्दै शुक्रवार मनोचिकित्सकको सहयोगमा मनोपरामर्शको कार्यक्रम राखिएको बताउनुभयाे ।

आयोजित श्रद्धाञ्जली सभामा एक मिनेट मौन धारण गरी बत्ती बालेर मृतकहरू प्रति समवेदना प्रकट गरिएको थियो । गत आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एक जनाको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
चितवन क्षेत्र नं. २ मा नेता श्रेष्ठलाई स्वतः विजयी...
रास्वपाको बैठक सुरु
‘एकपटक सरकारमा नजाँदैमा कांग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक...
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बालकुमारीमा सुरु

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
पठान फिल्मले बक्स कलेक्सनमा अहिलेसम्मकै तोड्यो रेकर्ड
किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक
गायिका शारदा क्षेत्रीको सहकार्यमा तयार भयो ‘आफ्नै भए पनि’...
‘प्रेमा’ चैत १७ मा रिलिज हुँदै
काठमाडौं

आइतवार, माघ २२, २०७९

१९.३८°

-
Clouds