fbpx

अमेरिकाको ल्होछार कार्यक्रममा महादेव त्रिपाठीले दर्शकलाई हँसानुभयाे, मिलनले नचाउनुभयाे

author

समाचारपाटी

२ years अगाडि

काठमाडौंँ । चर्चित हास्यकलाकार महादेव त्रिपाठीले अमेरिकामा दर्शकलाई हसाउनुभएकाे छ । ल्होछारको अवसर पारेर तामाङ समाज अमेरिकाको बिनिता तामाङद्धारा अष्ट्रिया वल्र्ड मेनोरमा आयोजित ‘ल्होछार सेलिब्रेसन २०७९’ नामक कार्यक्रममा उहाँले कमेडीका बिभिन्न प्रस्तुति मार्फत दर्शक रिझाउनुभएकाे हाे । उहाँका हरेक कमेडीमा दर्शक पेट मिचिमिची
हास्न बाध्य भएका थिए ।

नेपाली जादुगरको रुपमा परिचित कलाकार त्रिपाठीले कार्यक्रममा हास्य ब्याङ्ग्याका अलवा जादु, डान्स र लेडिज गेम समेत प्रस्तुत गर्नुभयाे । कार्यक्रममा लोकप्रिय गायक मिलन लामाले पोखरा फेवाताल, देउडा लगायत आधा दर्जन चर्चित गीत राख्नुभयाे। गायक लामाको प्रत्येक गीतमा दर्शक झुमेर नाच्दै वान्स मोरको हुटिङ समेत गरेका थिए ।

यस्के स्याङ्त्याङ र महिन्द्र खतिवाडाको अलवा अमेरिका निवासी केही गायक गायिकाको समेत सांगीतिक प्रस्तुतिको अलवा तामाङ सेलोमा आकर्षक नृत्यहरु समेत कार्यक्रममा रहेको थियो । कार्यक्रममा बसन्ती राईको पनि सहभागीता रहेको थियो ।
अमेरिकामा नेपाली कलासंस्कृति प्रदर्शन र सांगीतिक मनोरञ्जनको उदेश्यले कार्यक्रम गरिएको आयोजक तामाङ समाज अमेरिकाको अध्यक्ष बिनिता तामाङले बताउनुभयाे । बिनिताले यस अगाडी पनि नेपाल चाडपर्वको अवसर पारेर अमेरिकामा बिभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आउनुभएकाे छ ।

कलाकार महादेव त्रिपाठी करिब दुई दर्जन कार्यक्रमको उदेश्य सहित केही महिना अगाडि अमेरिका पुग्नुभएकाे थियाे । अमेरिकाको न्युयोर्क, भजेर्निया, क्यालिफोनिया, डालस लगायतका स्थानमा करिब एक दर्जन कार्यक्रम उहाँले गरिसक्नुभएकाे छ ।

अझै अमेरिकाको बिभिन्न शहरमा आफ्नो कार्यक्रम रहेको त्रिपाठीले बताउनुभयाे । त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनास्लु वल्र्ड कलेज चुच्चेपाटीले पठाएको हो । अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउँदै
अमेरिकाको बिभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु उहाँको अमेरिका कार्यक्रमको उदेश्य रहेको छ । कलाकार त्रिपाठी अमेरिकाको बिभिन्नठाँउँमा सम्मानित समेत हुनुभएकाे छ ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन