हेमजामा रहेका लायन्स, लियो तथा रेडियो हेमजाको रक्तदानमा ४१ युनिट संकलन

author

समाचारपाटी

२ years अगाडि

हेमजा । लायन्स क्लब अफ पोखरा हेमजा, लियो क्लब अफ हेमजा, लियो पोखरा गण्डकी र हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हेमजा ८८.५ मेगाहर्जको संयुक्त आयोजनामा बुधबार पोखरा २५ हेमजामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ एडभाइजर प्रजापति बाँस्तोलाले पहिलो रक्तदाता प्रकाश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भएको छ । उद्घाटन गर्दै प्रमुख अतिथि बाँस्तोलाले कार्यक्रमकाे प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताउनुभयो । डा बिमलमान श्रेष्ठले रक्तदान गर्दा हुने फाइदा बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा हेमजा सञ्चार सहकारी संस्थाका पुर्व अध्यक्ष मिनराज तिमिल्सिना, समाजसेवी दानबहादुर थापा र जोन चियरपर्सन बसन्त बाँस्तोलाले बोल्नु भएको थियो । कार्यक्रममा माछापुच्छ्रे पार्टी प्यालेस पोखरा २५ हेमजाका प्रोपाइटर सञ्जय तिमिल्सिनाले टेण्टको व्यवस्थापन गर्नु भएको थियो ।

लायन्स क्लब अफ पोखरा हेमजाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गाप्रसाद पौडेलले स्वागत गरि सुरु भएको कार्यक्रममा ध्वजाको अभिवादन डिस्ट्रिक्ट कमिति चियर पर्सन हरिसचन्द्र पौडेलले र लियो प्लेज हेमजाका कोषाध्यक्ष सन्तोष त्रिपाठीले वाचन गर्नुभयो ।

लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णमान श्रेष्ठ र रेडियो हेमजाका स्टेसन म्यानेजर निराजन अधिकारीले गर्नु भएको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन