‘साना तथा मझौला व्यवसायीका सुख दुखको सारथी बन्न चाहन्छु’:- छत्रधर आत्रेय

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिनुभएकाे छ । साना तथा मझौला व्यवसायीलाई वर्तमान अवस्थामा परेका समस्या नीतिगत रुपमा सुधार तथा समाधान गर्न आवश्यक रहेको र आफू त्यसका लागि काम गर्ने तयारीसहित महासंघमा जान लागेको आत्रेयले बताउनुभयाे । ‘व्यवसायीका समस्या केकस्ता छन् मलाई जानकारी छ,’ उहाँले भन्नुभयाे, ‘बर्तमान समयमा सम्पूर्ण निजी क्षेत्र समस्या छ । साना तथा मझौला व्यवसायी अझै बढी पीडामा छन् । म उनीहरुको सुख दुखको सारथी बन्न चाहन्छु ।’

कुन ठाउँका व्यवसायीका समस्या के कस्ता छन् पत्ता लगाई एकीकृत गरेर नीतिगत सुधार तथा समाधानका लागि लाग्ने उहाँले बताउनुभयाे । ‘हामीले महासंघमा गएर गर्न सकिने कुरा धेरै छन् । अब काम गर्नुपर्छ,’ उहाँले भन्नुभयाे, ‘कतिपयमा आन्दोलन, विरोध तथा हड्ताल गरेर समस्या समाधान हुन्छ भन्ने धारणा पनि छ । तर, त्यो समाधानको उपाय होइन । अब नीतिगत तहमा नै हाम्रा एजेण्डालाई पुर्याउन आवश्यक छ ।’

अहिलेको परिभेषमा व्यवसायीले रोजगार कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले निजी क्षेत्रलाई प्रोत्साहन जरुरी रहेको बताउनुभयाे । ‘राज्यबाट व्यवसाय प्रवर्द्धनका लागि विभिन्न प्याकेज आएका छन्, अनुदानका कुरा आएका छन् तर प्रभावकारी रुपमा कार्यान्वयन भएका छैनन् । राज्यले अध्ययन नै नगरि बनाईका नीति तथा कार्यक्रमका कारणले गर्दा कुनैपनि कुरा राम्रो हुन सकेको देखिएको छैन । स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकार सवैले गहिरिएर निर्क्यौल गरेर समाधानका उपाय पत्ता लगाएर अगाडी बढ्न आवश्यक छ,’ आत्रेयले भन्नुभयाे ।

महासंघमा पद र पहिचानका लागि धेरै अनुहार आएपनि समस्या समाधानका लागि खासै उल्लेखनीय काम हुन नसेको उहाँले बताउनुभयाे । व्यवसायीका समस्या समाधानका लागि पहल तथा निराकरण गर्नुका साथै महासंघसँग जिल्ला तथा नगरका उद्योग वाणिज्य संघको सम्वन्धलाई थप प्रगाढ बनाउन पनि आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयाे । जिल्ला तथा नगरतर्फबाट महासंघको केन्द्रीय सदस्यमा आफूलाई अत्याधिक मत प्राप्त हुनेमा विश्वस्त रहेको उहाँको भनाइ छ ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन