fbpx

माओवादी केन्द्रको विधान सम्मेलन फागुन १, २ र ३ गते हुने

author

समाचारपाटी

९ महिना अगाडि

नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ । शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो । त्यसैगरी बैठकले सो सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीको लागि पार्टीको तर्फबाट पनि समन्वय समिति बनाएको छ । पार्टी प्रवक्ता सापकोटाकाअनुसार माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टी स्थायी कमिटीको अर्को बैठक माघ २६ गते बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रवक्ता सापकोटाले भन्नुभयो, ‘सबैभन्दा मुख्य एजेण्डा विधान सम्मेलन हो । विधान सम्मेलनको बारेमा फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो । त्यसका लागि प्रतिनिधिहरु छान्ने क्राईटेरियाहरु पनि तय गरिएको छ । यसको अतिरिक्त अर्को स्थायी समिति बैठक चाहीँ माघको २६ गते बस्ने निर्णय गरिएको छ । त्यसको साथसाथै राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि समन्वय समिति बनेको छ । त्यसले तयारी गर्ने भन्ने निर्णय भएको छ । अर्को पार्टी एकताको विषयमा छलफल भएको थियो । पार्टी एकताको विषयमा पार्टी एकता संयोजन समिति बनाउने र त्यो हाम्रै पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बनाउने भन्ने निर्णय भएको छ । अब वर्तमान परिस्थितिका बारेमा चाहीँ अहिलेको समग्र परिस्थितिको बारेमा पनि अध्यक्षले बिफ्रिङ गर्नुभयो । त्यसको केन्द्रमा चाँही उहाँले रिपोर्टको संश्लेषण गर्नुभयो ।

रिपोर्ट चाहीँ प्रदेश इन्चार्जहरुले गर्नुभएको थियो । दश वटै प्रदेशका इन्चार्जहरुले त्यो रिपोर्टको सार अहिले त्यसको प्रारम्भिक र सामान्य विश्लेषण भएको छ । तर त्यसको विस्तृत समिक्षा चाहीँ माघको २६ गते बस्ने स्थायी समिति बैठकबाट त्यसको समिक्षा हुन्छ । रिर्पोटको सार चाहीँ के देखियो त भन्दाखेरी यो अभियान चाहीँ विगतका अभियान भन्दा सबै भन्दा प्रभावकारी भएको छ । यो अभियानले पार्टीमा गतिशिलता ल्याएको छ । पार्टी कमिटीहरु सक्रिय भएका छन् । र पार्टी संरक्षणका लागि चाहीँ यसले ऐतिहासिक कोशेढुंगाको काम गरेको छ । निर्वाचन पछाडि यस खालको अभियान भएको थिएन । समग्रमा भन्नुपर्दा यो अभियानले केही आशा पलाएको छ । र विश्वासको वातावरण बनाउन एउटा आधार बनेको छ । र यसले सबैभन्दा राम्रो महत्वपूर्ण कुरा के गरेको छ त भन्दाखेरी मूल्यांकनको आधार धेरै राम्रोसँग बनेको छ । को काम गर्न गयो, को गएन ? कसले कति इमान्दार भएर खट्यो ? त्यहाँ कतिपय यस्ता नामहरु पनि आयो । मूल्यांकनका लागि भने वस्तुगत आधार तयार भएको छ । र, त्यसको आधारमा विस्तृत रिपोर्ट आउन त बाँकि नै छ । त्यसैको आधारमा हिसावकिताव राखिन्छ भन्ने संश्लेषण भएको छ । अव राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको बारेमा चाँही अहिले सकारात्मक भएको छ । ’

माओवादी केन्द्रले पार्टीको हालै सम्पन्न पार्टीको विशेष रुपान्तरण अभियानले पार्टीका नेता, कार्यकर्ताहरुको मूल्यांकनको वस्तुवादी आधार तयार पारेको प्रारम्भिक विश्लेषण गर्दै त्यसको विस्तृत छलफल आगामी माघ २६ गते बोलाइएको स्थायी कमिटी बैठकमा गर्ने निर्णय पनि गरेको जनाएको छ ।


काठमाडौं

शनिबार, अशोज २६, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन