fbpx

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता कोईराला

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली काँग्रेसकी नेतृ सुजता कोईरालाले सभापति शेरबहादुर देउवाले पार्टी चलाउन नसक्नुभएको बताउनुभएको छ ।

सोमवार भक्तपुरमा गिरिजाप्रसाद कोईराला र वर्तमान राजनीति विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभापति देउवाको कुनै सिद्धान्त र विचार नरहेको बताउनु भयो । उहाँले प्रजातन्त्र अहिले एकदमै कमजोर भएको बताउनु भयो । उहाँले देश काँग्रेसले नभइ नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाँक्नुभएको बताउनु भयो । उहाँले आगामी महाधिवेशनबाट डा. शेखर कोईराला काँग्रेसको सभापति बन्ने र आफ्नो समर्थन रहने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘प्रजातन्त्र एकदम कमजोर भएको अवस्था छ । आज यो देश नेपाली काँग्रेसले हाँकेको छैन । यो देश आज एमालेले हाँकिरहेको छ । ओलीजीले नेतृत्व लिनुभएको छ । ओलीजीले देश हाँकिरहनुभएको छ । नेपाली काँग्रेस स्याडोमा परेको छ । शेरबहादुरजी, उहाँको कुनै विचार छैन, उहाँ केही पनि गर्नुहुन्न । उहाँ कामै गर्नुहुन्न । उहाँ दिनभर के गर्नुहुन्छ, भगवान जानोस् तर उहाँले नेपाली काँग्रेस हाँक्न सक्नुभएको छैन । त्यसैले मैले निर्णय गरेँ, अब हुने सभापति शेखर कोईराला हो । शेखर कोईरालालाई मेरो सपोर्ट हुनेछ ।’


उहाँले राजनीति, प्रजातन्त्र बिग्रिए देश बिग्रिने बताउनु भयो । विकास निर्माणका काम प्रधानमन्त्री ओलीले गर्नुभएको तर नेपाली काँग्रेसले कुनै काम नगरेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन