fbpx

”संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी” :-शेखर कोईराला

author

समाचारपाटी

१ year अगाडि

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताउनुभएको छ । 

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले संसद तत्काल सुचारु गराउनका लागि संयोजनकारी भुमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गर्नुभयो । देश र जनताको कुरा भएकाले संसद बैठक छिटो भन्दा छिटो सुचारु गरानुपर्ने  नेता कोइरालाको भनाई थियो । उहाँले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वभाविक भएपनि संसद बैठक भने सुचारु गराउनुपर्ने बताउनु भयो । 
नेता कोइरालाले भन्नुभयो, ‘संसद छिटो भन्दा छिटो चल्नुपर्छ । अब पर्सी बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र काँग्रेसको कुरै होइन । यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद चल्नुपर्छ । म एउटा सांसद हो नेपाली काँग्रेसको । हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ । उहाँहरुले कोअर्डिनेट गर्ने कुरा हो । सरकारले कोअर्डिनेट गर्ने कुरा हो । हामीहरु त आउँछौं । यी यस्तै भइराखेको छ । संसद चलाउनु पर्यो । प्रतिपक्षले यो दुनियाँको नियम हो । संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने । अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भनेर । चल्न दिएन भन्ने । तर म के भन्दैछु भने–हामी दुइटै दोषी हौं भन्दैछु । यो सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो । यो नेपाली काँग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि । ’

नेता कोईरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरुले अडान लिन नहुने दोहोर्याउनु भयो ।


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन