‘भूकम्प प्रभावित क्षेत्रबाट बस्तीहरु स्थानान्तरण हुन नसक्दा बढी क्षति हुने परिस्थिति निर्माण भइरहेको छ’:-शक्तिबहादुर बस्नेत

author

समाचारपाटी

८ महिना अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरु तत्काल स्थानान्तरण गर्न माग गर्नुभएकाे छ । भूकम्पमा घर गुमाएकाहरुलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती अस्थायी आवास पनि असुरक्षित भएको भन्दै बस्नेतले बस्ती स्थानान्तरणको माग गर्नुभएकाे हाे । ‘भूकम्प प्रभावित क्षेत्रबाट बस्तीहरु स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ । ती बस्तीहरु स्थानान्तरण हुन नसक्दा अझ बढी जनधनको क्षति हुने परिस्थिति निर्माण भइरहेको छ,’ पूर्वमन्त्री बस्नेतले भन्नुभयाे ।

उहाँका अनुसार ८२ स्थानका बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ र मनसुनसम्म आइपुग्दा त्यो संख्या अझै बढेको अनुमान छ । ‘त्यसकारण तत्काल जोखिमयुक्त बस्तीहरु पहिचान गरी त्यसको स्थानान्तरणको व्यवस्था गर्न भूगर्भविदहरु तत्काल प्रभावित क्षेत्रमा पठाउनका लागि आग्रह गर्न चाहन्छु,’ उहाँले भन्नुभयाे ।

सरकारले राहतका निम्ति अस्थायी आवास बनाउनका लागि केही रकम उपलब्ध गराए पनि तिनै अस्थायी अवासहरु पहिरोका कारणले फेरि क्षतिग्रस्त भएका छन् । अहिलेको कार्यविधिले त्यस्ता पीडितहरुलाई दोहोरो सुविधा नदिने भने पनि पहिरोको कारणले क्षतिग्रस्त भएका अस्थायी आवास व्यवस्थापनका लागि थप राहत उपलब्ध गराउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

भूकम्प प्रभावित क्षेत्रमा सरकारी संरचना, विद्यालय र निजी आवास निर्माण गर्न आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि सम्बन्धित मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई डेडिकेटेड रुपमा जाजरकोटमा स्थापना गर्न पनि माग गर्नुभयाे ।

‘अहिलेकै गतिमा नियमित प्रक्रियाबाट यी कुनै पनि कामहरु यथासमयमा सम्भव हुने कुराको कल्पना गर्न पनि सकिँदैन,’ बस्नेतले भन्नुभयाे, ‘त्यसकारण निजी आवासहरु व्यवस्थापन गर्नको लागि प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई डेडिकेटेड रुपमा जाजरकोट जिल्लामा स्थापना गरियोस् ।’


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन