fbpx

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैनः नेता कृष्णप्रसाद सिटौला

author

समाचारपाटी

११ महिना अगाडि

राष्ट्रिय सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताउनुभएको छ ।


शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको आज बसेको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निर्णय गरेको बताउनु भयो । उहाँले संसदीय छानबिन समिति बनाउनु हुँदैन भन्ने अडानमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको जिकिर गर्नुभयो । उहाँले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले पटक पटक कहिले प्रधानमन्त्रीको र कहिले सभामुखको समन्वयमा हामीले उहाँलाई भेटेका छौँ । हामीले स्वयं गृहमन्त्रीसँग पनि कुरा राखेका छौँ । तपाईंले संसदीय छानिबन समिति बनाएर क्लिन चिट लिनुस् न । हामी सहयोग पुर्याउन चाहन्छाैँ । कुरा त उठ्यो नि त । अर्बौं घोटालाको कुरा छ । अर्बौं अपचलनको कुरा छ, तपाईंसँग छ की छैन हामी जान्दैनौँ तर कुरा त उठ्यो नि त । उहाँ भन्नुहुन्छ कतै मेरो संलग्नता छैन, झनै राम्रो हुन्छ । हाम्रो अर्थमन्त्री डा. रामशरण महतजीको बारेमा कुरा उठ्यो, उहाँलाई हामीले नै राजीनामा दिनुस् भन्याैँ । राजीनामा दिइसकेपछि उहाँमाथि छानबिन भयो, छानबिनमा केही फेला नपरेपछि उहाँ फेरि अर्थमन्त्री बन्नुभयो । अहिले त हामीले राजीनामा पनि मागेका छैनौँ । संसदीय छानबिन समिति बनाऔँ, सत्तापक्ष तपाईंहरु नै हुनुहन्छ भनेका छौँ । छानबिन समिति बनाउनु हुँदैन भन्नेमा सबैभन्दा पहिला त म गृहमन्त्री नै देख्दछु । किन बनाउनु नहुने । अर्को समस्या त महान्यायाधिवक्ता । आजसम्म इतिहासमा नभएको घटनामा जुडिसियरी पनि सामेल भएको देखियो । महान्यायाधिवक्ताले कसैलाई क्लिनचिट दिँदै हिँड्छ । पत्र । प्रहरीले क्यारेक्टरको सर्टिफिकेट दिएको जस्तो । कुनै अपराध गरेको छैन है भनेर दिए जस्तो । मिल्दैन नि किन गरेको यस्तो ? कसको प्रभावबाट हुन्छ । संसदीय छानबिन समिति नबसेसम्म दुवै सदनको बैठक अघि बढ्दैन । हामीले संसदीय दलको बैठकबाट पनि निर्णय गरिसकेका छौँ ।’ नेता सिटौलाले यति धेरै कुरा उठिसकेपछि संसदीय छानबिन समिति अनिवार्य बन्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

२०.०९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन