fbpx

पार्टी र नेता विशेष होइन, जनताको पक्षमा संविधान संशोधनः नेता कृष्णप्रसाद सिटौला

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । बुधवार झापाको कचनकवलमा आयोजित नेपाली काँग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने बताउनु भयो । उहाँले जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताउनु भयो । संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको बताउनु भयो । देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई काँग्रेसले प्रधानमन्त्री मानेर अघि बढिरहेको बताउनु भयो । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली काँग्रेस पार्टीको नीतिगत नेतृत्व रहेको बताउनु भयो । 

नेता सिटौलाले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी समग्रमा नेपाली जनताको अधिकारको लागि संघर्ष गर्दै आएको छ । जनताको आर्थिक प्रगतिका लागि त्यति नै संकल्परत छ । हामी देशको प्रगतिका लागि सबैलाई एकाकार गरेर, सबैलाई हिँडाउन हामी तत्पर छौँ । अहिले नेकपा एमाले र नेपाली काँग्रेसको सरकार छ । ओलीजीले सरकारको नेतृत्व गर्नुभएको छ, एमालेको अध्यक्षले । हामी सरकारमा सामेल छौँ । आजको दिनमा पनि नेपालमा सबैभन्दा ठूलो पार्टी गएको निर्वाचनको मात्रै तुलना गर्ने हो भने नेपाली काँग्रेस पार्टी सबैभन्दा ठूलो र शक्तिशाली पार्टी छ । स्थानीय तहमा पनि र सबैतिर हामी ठूलो पार्टी छौँ । हामी ठूलो पार्टी भएर पनि दोस्रो पार्टी एमालेको नेतालाई प्रधानमन्त्रीमा समर्थन गरेका छौँ । सरकारमा सामेल भएका छौँ । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली काँग्रेस पार्टीको नीतिगत नेतृत्व रहनेछ । हाम्रो विचारलाई वाद गरेर, हामीले अंगालेको नीतिलाई वाद गरेर संविधानले स्थापित गरेको मार्गलाई वाद गरेर कोही अगाडि जान सक्दैन । त्यसैले हामीले भन्ने गरेका छौँ, संविधान संशोधन गरौँ, जनताको पक्षमा । पार्टी विशेषको पक्षमा होइन । नेता विशेषको पक्षमा होइन, संविधानको कुन धाराले जनताको हितमा बाधा पारेको छ, स्थानीय सरकारलाई जनताको काम गर्न केले बाधा गरेको छ ? प्रदेश सरकारलाई केले बाधा ग¥यो । संघीय सरकारलाई केले बाधा गरेको छ । संविधान जारी भएपछि आजसम्म राज्य सञ्चालन कसरी भयो त्यसको समीक्षा गरौँ ।’ 


नेता सिटौलाले अहिलेसम्म संघीय शिक्षा ऐन बन्न नसक्नु दुःखको विषय भएको बताउनु भयो । सबै जाति बलियो भएमात्रै देश बलियो हुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन