fbpx

प्रमुख दलहरुबीच विश्वासको वातावरण बनाउन जरुरी छः नेता कृष्णप्रसाद सिटौला

author

समाचारपाटी

२ महिना अगाडि

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलहरुबीच विश्वासको वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न र मुलुकलाई सम्मुन्नत बनाउन विस्तृत शान्ति सम्झौताका पक्षधर दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वबीच विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो । नेता सिटौलाले प्रमुख दलहरुबीच विश्वासको संकट गहिरिँदै गएको उल्लेख गर्दै त्यसले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाको बाँकी काम अघि बढ्ने अवस्था नदेखिएको जिकिर पनि गर्नुभयो । उहाँले मुलुकमा सामाजिक न्याय, शान्ति र समृद्धिका लागि विस्तृत शान्ति सम्झौताको जगमा संविधान निर्माण भएको भन्दै त्यसलाई सार्थक बनाउने कार्यमा दलहरुबीच घनिभुत छलफल हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । 

नेता सिटौलाले भन्नुभयो, ‘यो विस्तृत शान्ति सम्झौतालाई सम्झिँदा हिजोका ७ राजनीतिक दल, जसको मुल नेतृत्व नेपाली काँग्रेस र एमालेले गर्दछन् आजका दिनमा । अर्को माओवादी विद्रोही, उनीहरुको बीचमा अरु कुरामा गर्न सकिएन भने पनि मूलभूत रुपमा यो शान्ति प्रक्रिया र यससँग जोडिएका हरेक कुरामा, हरेक विषयमा परस्परमा विश्वास गरेर अघि गयौँ भने मलाई लाग्छ । ४ वर्ष पनि नलाग्ला । हामी २÷३ वर्ष भित्र शान्ति प्रक्रियालाई पूर्णता दिनसक्छौं । तर परस्परमा विस्तृत शान्ति सम्झौतासँग जोडिएका विषयमा विश्वास निर्माण गर्न सकिएन भने फेरि पनि हामी समस्यामा पर्नसक्ने खतरा छ । त्यसैले आज विस्तृत शान्ति सम्झौतालाई सम्झेर तपाईहरुले जुन कार्यक्रम राख्नुभयो । यो दिनमा आज म यति नै भन्न चाहन्छु–यो नेपालको राजनीतिक विकासको आधारशिला हो । यो गणतन्त्रको आधारशिला हो, लोकतन्त्रको आधार शिला हो । शान्तिको आधारशीला हो । गरिव जनताका हामी समाजवादी आर्थिक कार्यक्रम अन्तर्गत गरिव जनताको जीवनस्तर उठाउँछौं भन्ने कमिटमेण्ट गरेको संविधान हो यो । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहेर समृद्ध राष्ट्र निर्माण गर्छौं भन्ने लक्ष्य निर्धारण गरिएको संविधान हो यो । तर त्यो कार्यदिशामा, त्यो क्षेत्रमा काम गर्न बहुत धेरै बाँकि छ । यो काम गर्नका लागि राजनीतिक वृत्तमा मुल राजनीतिक वृत्तमा विश्वास स्थापना गर्नु आजको मुल आवश्यकता हो । यो कार्यदिशामा पनि कन्फिक्टी म्यानेजमेण्टको एउटा मुल तत्व परस्परको विश्वास हो । परस्परमा विश्वास नगरेसम्म जब्बरजस्ती कन्फिलिक्टको म्यानेजमेन्ट गर्न सक्नुहुन्न । द्वन्द्वको समाधान गर्न सक्नुहुन्न । पहिलो त द्वन्द्वरत पक्षहरुलाई एक ठाउँमा ल्याउनका लागि परस्परमा विश्वास जगाउन सक्नुपर्दछ । त्यसलाई तपाईले औपचारिक रुपमा गोष्ठी, छलफल गरेर पार लगाउन सक्नुहुन्न । अनेकौ अनौपचारिक भेटघाट, छलफलबाट तपाईले विश्वास निर्माण गर्न सक्नुभयो भने त्यसको जगबाट द्वन्द्वलाई व्यवस्थापन गर्न सक्नुहुुन्छ, समाजलाई पनि व्यवस्थापन गर्न सक्नुहुन्छ । र राष्ट्रलाई पनि समुन्नत राष्ट्रको रुपमा द्रुतगतिका साथ अघि बढाउन सक्नुहुन्छ भन्ने मेरो विश्वास हो । ’ 


नेता सिटौलाले प्रमुख दलहरुबीचको अविश्वास बढ्दै जाँदा संसद, सरकार र न्यायपालिकाले समेत काम गर्न नसक्ने अवस्था बनेको तर्क समेत गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन