fbpx

देश विकास गर्न र स्थिरता दिन काँग्रेस—एमाले एक हुनुपर्छः नेता शेखर कोईराला

author

समाचारपाटी

१२ महिना अगाडि

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली काँगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । 

बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको बतउनु भयो । उहाँले गठबन्धनको सरकारले  देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गर्नुभयो । उहाँले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बतउनु भयो । उहाँले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको बताउनु भयो । उहाँले विगतका अनुभव हेर्दा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उहाँले देशलाई विकास गर्न नेकपा एमाले र काँग्रेस मिल्नुको विकल्प नरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘देश अफ्ठ्यारो परिस्थितिमा छ । त्यसको लागि अहिले जुन गठबन्धनहरु चलिरहेको छ नि, एमाले र माओवादीको । यो भन्दा पहिला नेपाली काँग्रेस र माओवादीको । यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनैपनि सम्भावना छैन, यस्तो गठबन्धनहरुले । राजनीतिक स्थिरता पनि हुँदैन भन्नेकुरा त, हरेक प्रदेशमा आइसकेको छ । हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अफ्ठ्यारो हुन्छ । स्टेबल गभर्मेण्ट दिन जरुरी छ । पहिलो संविधान सभा चार जना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्नुभयो, तर संविधान त बनेन । संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ ।’ 

कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताउनु भयो । कोशी सरकार विघटन भए मध्यावदीमा जाने स्पष्ट रहेको बताउनु भयो । उहाँले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताउनु भयो । उहाँले राजीनामा नै दिनुपर्छ र विश्वासको मत लिनुपर्छ भन्ने नरहेको जिकिर गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...