fbpx

काँग्रेस नेता कोईरालाद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

author

समाचारपाटी

१ महिना अगाडि

प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शशांक कोईरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्नुभएको छ । 


मंगलवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा उहाँले सहकारीको ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताको आधारमा पनि सो पदमा बस्ने नमिल्ने टिप्पणी गर्नुभएको हो । आफूमाथि लागेको आरोपको छानविनबाट स्पष्टिकरण पाए उहाँ फेरि मन्त्री बन्नसक्ने नेता कोईरालाको भनाई थियो । उहाँले २०४६ सालपछिको सबै घोटाला काण्डको छानविन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरुको कुनै आपत्ति नरहेको बताउनु भयो । नेता कोईरालाले संसदमा उच्चस्तरीय छानविन समिति बनाएर विगतमा भएका सबै घोटालाहरुको छानविन गर्न उपयुक्त हुन्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले पनि त्यही भन्यौ कि एउटा उच्चस्तरीय पार्लियामेन्टरी कमिटी बनाउनु पर्छ । त्यो समितिले अरु कुराहरु पनि हेरिहाल्छ नि । होइन र ? एउटा समिति बनाएपछि त विभिन्न किसिमका कुराहरु आउँछन । अरु इस्युहरु पनि आईहाल्छ नि । त्यसमा हाम्रो केही आपत्ति छैन । गृहमन्त्रीबारे आरोप होइन, त्यो सत्य कुरा हो नि । उसको माथि जुन आरोप छ । त्यसमा छानविन हुनुपर्यो । उहाँले पदबाट राजीनामा गर्नुपर्यो । उहाँको पदबाट राजीनामा भयो भने स्पष्टिकरण पाएपछि त उहाँले फेरी मन्त्री बन्न सकिहाल्नु हुन्छ नि । जबसम्म उहाँ आरोपित हुनुहुन्छ, उहाँले त्यो पदभार सम्हाल्न नैतिकताले दिँदैन । ।’
नेता कोईरालाले काँग्रेस कुनैपनि घोटाला प्रकरणलाई थाँति राखेर संसद चल्न दिने पक्षमा नरहेको पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन