नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रुपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमंगका साथ अघि बढ्ने दाबी गर्नुभयो । उहाँले निर्वाचनमा काँग्रेस बाहेकको भविष्य नरहेको जिकिर गर्नुभयो । काँग्रेस एक ढिक्का भए कसैले पनि पराजित गर्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको रुपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ । उमंग र उत्सहका साथ जानुपर्छ, भविष्य हाम्रो हो । काँग्रेस पार्टीको भविष्य हो । काँग्रेस एक ढिक्का भयो भने काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ । हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो । नेपाली काँग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।’
नेता कोईरालाले महाधिवेशन सकिएको अवसरमा काठमाडौंमा आज चियापान समारोह राख्नुभएको थियो । सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित हुनुभएको थियो ।
–न्युज एजेन्सी नेपाल