fbpx

काँग्रेस—एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भएको छः नेता मिनेन्द्र रिजाल

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताउनुभएको छ ।


मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्य राजनीतिक दलहरुमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको उल्लेख गर्नुभयो । उहाँले यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने बताउनु भयो । उहाँले आजको कारोबाही राजनीतिको मानसिकताबाट बाहिर निस्किन जरुरी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘काँग्रेस र एमालेको सरकार बनेपछि काँग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्नसक्छु भन्ने विषयमा मात्रै केन्द्रित रह्यो । अरु केही विषयमा केन्द्रित भएन । उदाहरणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ । किन हुनुप¥यो ? चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरु कसैले भनेको होला । मेरै पार्टीको एक जना महामन्त्रीले भन्नुभएको छ । किन भन्नुभएको छ भन्दा सत्ता कसरी निर्माण हुनुप¥यो ? सत्ता चलेको चल्यै गर्नुप¥यो । मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो । त्यो भनेको मतलव अब व्यवस्थापिका नराख्ने भनेको हो ? अन्तरनिहित विषय त त्यो हो नि । व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।’


नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका अन्य राजनीतिक दलहरु नहोउन् भन्न खोजेको बताउनु भयो । अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्नसक्छु भन्ने आत्मविश्वास भएमात्रै लोकतन्त्र बलियो हुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन