fbpx

‘सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो’: अर्जुननरसिंह केसी

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निस्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ । 

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताउनु भयो । उहाँले राष्ट्रिय रुपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातिय भाइचारामा आएको द्वन्द्व,धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताउनु भयो । उहाँले देशमा अराजकता बढेकाले त्यसबाट रोक्न काँग्रेसले भुमिका खेल्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिले जुन खालको राष्ट्रिय परिस्थिति छ, शिक्षक आन्दोलन जसरी चलिरहेको छ । चार लाख शिक्षकलाई सडकमा राखेर सरकारले यसलाई सहमति र सम्झौता, वार्ता र संवादद्वारा निस्कर्ष निकाल्नु पर्छ की भन्ने हाम्रो दृष्टिकोण हो । त्यसबारेमा छलफल चलिरहेको छ । राष्ट्रिय रुपमा नै जुन जटिलता खडा भइरहेको छ, अन्तर जातिय भाइचारामा आएको द्वन्द्व,धर्मबीचको द्वन्द्व र एकले अर्को जातलाई काट्छु भनेर खुकुरी देखाउँदा सरकार मौन रहने स्थिति छ, यसले जटिलता थपेको छ । हाम्रो गौरव विविधता बीचको एकता नै थियो । त्यसलाई खलबल गर्नेकुरा भइरहेको छ । मूल्यवृद्धि र युवा पलायन अर्को चुनौति छ । पार्टीले सोच्नुपर्ने भनेको अराजकता बढेको छ । त्यसलाई हुन नदिनतर्फ सोच्नुपर्छ । यो देश जसरी अराजकता, हत्या र हिंसाउन्मुख छ यो जटिल परिस्थिति छ, काँग्रेसले निकास दिनुपर्छ ।’

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न काँग्रेसले भुमिका खेल्नुपर्ने बताउनु भयो । 


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन