fbpx

‘प्रदेशलाई शक्ति नदिएका देशहरु विखण्डन भएको उदाहरणहरु छन्’: लक्ष्मणलाल कर्ण

author

समाचारपाटी

३ हप्ता अगाडि

सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाइँदैछ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ । संघ, प्रदेश सरकारले मुल समारोह समिति गठन गरेरै संविधान दिवसलाई भव्यताका साथ मनाउने तयारी गरिरहेका छन् । साथै यो बेला नेपाली काँग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहनुभएको छ । काँग्रेस—एमाले सरकार बनेसँगै संविधान संशोधनको विषय प्राथमिकतामा राखिएको थियो । संविधान संशोधनको बेला भएकाले संविधानमा रहेका कमी, कमजोरीहरु संशोधन गर्ने बेला आएको काँग्रेस—एमाले नेताहरुले बताउँदै आएका छन् । यो विषयले सत्ता पक्ष र प्रतिपक्षमाबीच संसदमा सवालजवाफ भइरहेको छ । संविधान दिवसको अवसर पारेर न्युज एजेन्सी नेपालले राजनीतिक दलका नेताहरुहरुसँग संविधान संशोधन लगायतका विषयमा कुराकानी गरेको छ । यो श्रृंखला संविधान दिवसका दिनसम्म प्रश्तुत गर्नेछौँ । प्रश्तुत छः संविधान दिवसको अवसर पारेर न्युज एजेन्सी नेपालले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णसँग गरेको कुराकानीको सम्पादित अंश । 

प्रश्नः संविधान कार्यान्वयनको अवस्था कस्तो रहेको छ ?
जवाफः संविधान जारी हुँदा मधेसका सम्पूर्ण पार्टी मधेसी मोर्चा बनाएर यसको विरोध गरेका थिए । यसलाई स्वीकार गरेन । बिरोध गरेर ६ महिना शान्तिपूर्ण आन्दोलन गरे । मधेसमा ठूलो आन्दोलन भयो ६ महिना । यो संविधानमा हाम्रो कुरा नमान्दाखेरी हामी वहिष्कार गरेर गयौँ । मैले त राजीनामा नै गरेको थिएँ । त्यसले गर्दा सबैलाई स्वीकार्य भएन । अंक गणितले हेर्ने हो भने ठिक छ दुई तिहाई आयो । तर जुन पक्षबाट संविधानलाई सबैलाई राख्ने भन्नेकुरा गरेको थियो । सबैको हक, हित सुरक्षित गर्ने भनेको थियो । त्यो कुरा संविधानमा भएन । पश्चगामी संविधान भयो । किनकि अन्तरिम संविधानले पाएको कुरा पनि पहिलो संविधानसभाले कबुल गरेको । सबै पार्टीले कबुल गरेको कुरापनि लेखिएन । यसले गर्दा मधेस आन्दोलन भयो । मधेस आन्दोलनपछि हामीले ठिक छ, यसमा जुन कमी, कमजोरी रहन गयो त्यसलाई संशोधन गरेर अगाडी बढौँ भन्ने हाम्रो माग थियो । त्यसका लागि पटक पटक वार्तामा बस्यौँ । तर हुन सकेन । एउटा पहिलो संशोधन भयो । त्यसलाई हामीले पनि स्वीकार गर्यौँ । पहिलो संशोधन समानुपातिक, समावेशी यो कुरालाई पहिलो संशोधनबाट ल्याइयो । हामीले सधैँ के भनिराखेका छौँ भने संविधानमा प्रतिनिधित्वको जुन व्यवस्था रहेको छ, त्यो प्रतिनिधित्वको व्यवस्था भुगोल अनुसार होइन जनताअनुसार हुनुपर्छ । जनसङ्ख्याअनुसार हुनुपर्छ । यसलाई मानिएन । नमान्दाखेरी पहिलो जनसङ्ख्या, दोस्रो, भुगोलपनि राखेर संविधानमा आयो । त्यो चलिरहेको छ अहिलेसम्म । हामीले यस सम्बन्धमा पटक–पटक सरकारका पार्टीहरुसँग सम्झौता गरेका छौँ । सरकारलाई हामीले बेला मौकामा साथ पनि दियौँ । विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँसँग हाम्रो लामै वार्ता भयो । त्यसमा के थियो भने मधेस आन्दोलनमा लागेका मुद्दाहरु फिर्ता लिने । दोस्रो, संविधान संशोधन गरेर मधेसी, जनजातिको जुन अधिकार छ त्यो सुनिश्चित गर्नुस् । त्यस सम्बन्धमा उहाँले केही मुद्दाहरु फिर्ता पनि लिनुभयो । संविधान संशोधनका लागि केपी ओलीको मन्त्रीपरिषद्ले समूह नै गठन गरेको थियो । तर उहाँको सरकार चलेन । त्यो सिद्दियो । अहिले यो सरकार बन्दाखेरीको सात बुँदे सहमतीमा एउटा बुँदा संविधान संशोधनको पनि राखियो । यसले गर्दा हामीले लामो समयदेखि संविधानमा असन्तुष्टि जाहेर गरेका थियौँ, त्यो संविधानमा संशोधन गर्छु भन्नेकुरा सरकारका दुईवटै पार्टीले कबुल गर्दाखेरी हामीले सन्तोष जाहेर गर्यौँ । शुरुवात राम्रो भयो । संविधान संशोधन गरौँ र अगाडी बढौँ भन्ने हाम्रो धारणा छ ।

प्रश्नः संशोधन गर्नुपर्ने भए के–के विषयमा संशोधन गर्नुपर्छ त ?
जवाफ: संघीयताको माग मधेसीहरुले नै गरे । कुर्वानी दिए । सबैभन्दा बढीले सहादत दिए तब आएको हो । अन्तरिम संविधानमा सहमती भएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला हुनुहुन्थ्यो । त्यतिबेला आठ बुँदेमा सहमती गर्दाखेरी संघीयता कसरी गर्ने भन्दा प्रष्ट रुपमा के लेखियो भने मधेशीहरुको चाहाना बमोजिम मधेस प्रदेश लगायत अन्य प्रदेशको निर्माण हुनेछ भन्ने कुरा लेखियो । त्यो स्वायत्त हुन्छ । अधिकार सम्पन्न हुन्छ । त्यसलाई अन्तरिम संविधानमा संशोधन गरेर पनि राखियो । संविधान बनाउने बेलामा निर्विवाद थियो कि, पहिचानको आधारमा प्रदेश बनाउने । त्यसको लागि आयोग पनि गठन भयो । त्यो आयोगको बहुमतको रायले ११ प्रदेशको बन्यो । त्यसलाई हामीले स्वीकार गर्यौँ । हाम्रो सन्तुष्टि अनुसार नै आयोग भएको थियो । त्यसलाई पनि मानिएन । अन्तरिम संविधानले स्वीकार गरेर आएको कुराहरुलाई पनि नमान्दाखेरी मधेश आन्दोलनमा गएको हो । अहिले पनि जनजातिहरु आन्दोलनमा छन् । प्रदेशको नामाकरण गर्दा सबै पार्टीले कबुल गरेका थिए पहिचानको आधारमा गर्ने । नदीनालाको पहिचान गुमिराखेको थिएन । समुदायको पहिचान बनेको थियो । हामीले ८ जिल्लाको मधेस भनेका थिएनौँ । हामीले २२ जिल्लाको मधेसमा नारायणीदेखि पूर्व र नारायणीदेखि पश्चिम दुईवटा प्रदेशको कुरा गरेका थियौँ । पश्चिममा थरुहट प्रदेश र पूर्वमा मधेस प्रदेश गर्ने । प्राप्त भएन । असन्तुष्टि छदैछ । आन्दोलन चलि नै रहेको छ । अधिकार विहिन संघीयता छ । केही पनि अधिकार छैन । प्रहरी प्रशासन प्रदेशको जिम्मा दिनुपर्छ । प्रदेशलाई अधिकार विहिन बनाउने । केन्द्रबाट केही रकम अनुदान दिने र त्यसबाट सञ्चालन गर्ने यसले गर्दा प्रदेश फङ्सन गर्न पाएन । स्थानीय निकायलाई सरकार भनियो ठिक छ । यो सरकार कसले निगरानी गर्ने त ? कसको जिम्मामा रहने ? न संघको जिम्मामा छ । न प्रदेशको जिम्मामा छ । स्थानीय तहलाई प्रदेशको सुपरभिजनमा राख्नुपर्छ । संसारभरिको अभ्यास नै यही हो । प्रदेशको सौता जन्माउने योजना अनुसार बनेको हो । स्थानीय तहलाई प्रदेश तहको सौता बनाए । संघीयतालाई जबरजस्ती मानेर आएको हो । तर अहिलेसम्म कर्मचारी दिएका छैनन् । लोकसेवा सञ्चालन गर्न दिएका छैनन् ।

प्रश्नः भनेपछि तपाईहरुको भनाई स्थानीय तह बाहेकको दुई तहको संघीयता हुनुपर्छ भन्ने हो ?
जवाफः हाम्रो भनाई होइन । संघीयतामा जब देश जान्छ, त्यो अवस्थामा दुई टायर मात्रै हुन्छ । कहाँ छ तीन वटा सरकार ? संसारमा कहीँ छ ? स्थानीय निकायलाई कार्यकारी, विधायकी र न्यायिक अधिकार छ । तर प्रदेशमा कटौती छ । प्रदेशमा विधायकी छ । न्यायिक हुँदैन । कार्यकारी पनि पाएन । हामीले संविधान बनाउँदाखेरी प्रमुख जिल्ला अधिकारीको कल्पना गरेका थिएनौँ । कहाँबाट आयो प्रमुख जिल्ला अधिकारी ? त्यसलाई शक्ति दिइराखेको छ । केन्द्रिय सरकारको मानसिकता अहिलेसम्म त्यो मानसिकता हट्न सकेको छैन । यो हट्नुपर्छ अनिमात्र संघीयता हुन्छ ।

प्रश्नः कतिले त स्थानीय तहलाई अझ बढी अधिकार दिनुपर्छ भन्छन्, स्थानीय तह राख्नै पर्दैन भनेको हो तपाईहरुले ?
जवाफ: त्यो भनेको छैन । स्थानीय निकाय हुन्छ । संविधानमा के भनियो भने यो देशको सञ्चालन बहुदलको आधारमा संसदीय व्यवस्थाबाट हुन्छ । तीन तह सरकार बनायौँ भने संसदीय व्यवस्था संघमा पनि छ । प्रदेशमा पनि छ । तर स्थानीय तहमा छ्रैन । स्थानीय तहले कति कानून बनाए ? त्यसलाई विकासको अधिकार दिनुपर्छ । बेञ्च बनाइकन स्थानीय न्यायाधीश बनाउने भन्ने थिएन । अझ विकृति के आयो भने पुरुषहरुलाई मेयर÷अध्यक्ष बनाइयो । उपमेयर÷उपाध्यक्षमा महिलालाई राखियो । अधिकार नै दिइएन । कतिपय ठाउँमा त उपमेयरले हामीलाई बस्ने ठाउँ छैन । हामीलाई सवारी दिइएन भन्छन् । कसले राख भन्ने हो त निगरानी भएन भने । कसको कुरा मान्ने हो त ? कमी कमजोरी हटाएर जानुपर्छ ।

प्रश्नः निर्वाचन प्रणाली फेर्ने बहस छ, यहाँको भनाई के छ ?
जवाफ: समानुपातिकलाई हटाउने हो भने देशमा शोषित, वञ्चित, भेदभावले ग्रसित व्यक्तिहरुको कहिल्यै हुँदैन प्रतिनिधित्व । र हामीले संविधान बनाउँदाखेरी यसको मुल उपलब्धि के भन्यौँ भने हाम्रो संविधानले समानुपातिक, समावेशीलाई कबुल गरेको छ । धर्म निरपेक्षता कबुल गरेको छ । गणतन्त्रलाई कबुल गरेको छ । संघीयतालाई अघि लैजानुपर्छ । अधिकार बढाउँदै जानुपर्छ । जुन देशमा अधिकारहरु दिँदा संघले बढी शक्ति लियो र प्रदेशलाई शक्ति दिएन त्यो देशमा विखण्डन भएको छ । रुस विखण्डन भयो । पाकिस्तान विखण्डन भयो । त्यसकारण प्रदेशमा अधिकार दिने काम गर्नुपर्छ । निगरानी राख्ने काम गर्नुपर्छ ।

प्रश्नः थ्रेसहोल्डको सम्बन्धमा के भन्नुहुन्छ ?
जवाफ: थ्रेसहोल्ड राख्नै हुँदैन । जब समानुपातिक व्यवस्था गर्नुहुन्छ, के हो थ्रेसहोल्ड ? बहुदलीय व्यवस्थाबाट देश चल्छ भन्नुहुन्छ भने बहुदल हुँदाखेरी दुईवटा दल मात्र हो ? अहिले कुनै नेताले काहीँ बोल्यो होला । पार्टीको आधिकारिक आएको छैन । समानुपातिक हटाउने वा थ्रेसहोल्ड बढाउने । आएको अवस्थामा यदि प्रतिगमनतिर जान्छ भने अवश्य नै देशमा अशान्ति हुन्छ ।
प्रश्नः सबै दलहरुको आ–आफ्ना एजेण्डाहरु छन्, प्रतिनिधि सभाको यो कार्यकालमा संविधान संशोधन सम्भव देख्नुहुन्छ ?
जवाफः यो देशमा संविधान सभाबाट संविधान बन्छ भनेर कसैले मानेको थियो ? सोचेको थियो ? बन्यो त । कहीँ पनि संविधान सभाबाट संविधान बनेको अवस्थामा त्यसको पुनरावलोकन भएको छ । हामी त दश वर्षपछि पुनरावलोकनको कुरा गर्दैछौँ । विभिन्न ठाउँमा समस्याहरु छन् । सरकार विघटन, पुनःस्थापित गर्दा यो संविधानमा प्रष्ट व्यवस्था नभएको केही अपm्ठ्याराहरु पर्न गए । यो अफ्ठयाराहरुलाई सुधार्नका लागि हामीले संविधानमा जहाँ त्रुटी देखेका छौँ । अब आयो बेला त्यसलाई पुनरावलोकन गर्ने । महिला, दलित, आदिबासीहरुको अधिकार बढाउनु पर्छ । 


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन