fbpx

‘विज्ञापन बिस्तारले मात्रै सञ्चारमाध्यमलाई धान्नसक्ने अवस्था छैन’:- अध्यक्ष लक्ष्मण हुमागाईं

author

समाचारपाटी

२ years अगाडि

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले वर्तमान अवस्थामा विज्ञापन बजारलाई बिस्तार गरेर मात्रै सञ्चारमाध्यमलाई धान्नसक्ने स्थिति नभएको बताउनुभएको छ । 

शुक्रवार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै अध्यक्ष हुमागाईले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय सञ्चार माध्यमको अनियन्त्रित रुपमा गुणात्मक भन्दा पनि संख्यात्मक बिस्तारलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले करिव ३ करोड जनसंख्या भएको मुलुकमा २३० टेलिभिजनहरु दर्ता भएको र १२५ वटा टेलिभिजनले आवेदन दिएको बताउनु भयो । अध्यक्ष हुमागाईंले यस्तो अस्वस्थ्य रुपमा सञ्चार माध्यमको बिस्तारलाई विज्ञापन बजारले धान्न नसक्ने बताउनु भयो । उहाँले विज्ञापन बोर्डले आगामी तीन महिनामा विज्ञापन बजारलाई व्यवस्थित गर्ने बताउनु भयो । उहाँले सञ्चार माध्यमहरु अहिले संकटमा रहेको बताउनु भयो । उहाँले विज्ञापन व्यवसाय विज्ञापन बोर्डले चाहेर मात्रै पनि सुधार हुन नसक्ने बताउनु भयो । उहाँले विज्ञापन बजार नबढेसम्म सञ्चारमाध्यमहरु बाच्न नसक्ने बताउनुभयो। । उहाँले सञ्चार माध्यमहरु नबच्नेसम्म यो मुलुकको लोकतन्त्र बाच्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्र बचाउनको लागि भएपनि विज्ञापन बजारको दायरा बढ्न आवश्यक रहेको बताउनु भयो । 

त्यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले अस्थिर सरकारको अस्थिर नीतिको असर निजी क्षेत्रले भोग्नुपरेको बताउनु भयो । उहाँले सरकारको नीति स्पष्ट नहुँदा अझै व्यवसाय गर्ने वातावरण नभएको बताउनु भयो । उहाँले बैंकको ब्याजदरमा भएको वृद्धिले व्यवसायीहरुलाई थप समस्या बनाएको बताउनु भयो । 

उहाँले चालु आर्थिक वर्षको १० महिना हुँदा समेत पुँजीगत खर्च बढ्न नसक्दा अर्थतन्त्रमा समस्या आएको दाबी गर्नुभयो । उहाँले सरकारले नीति क्षेत्रलाई प्रोत्साहन गर्नु पर्नेमा थप समस्या बढाउँदै गएको आरोप लगाउनु भयो । 


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन