‘विदेशी कलाकारको विज्ञापनलाई नेपालभित्र सामाजिक सञ्जालमा पनि रोक लगाउँदैछौँ’:- लक्ष्मण हुमागाईं

author

समाचारपाटी

१ year अगाडि

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विदेशी कलाकारको विज्ञापनलाई नेपालको सामाजिक सञ्जालमा रोक्नेगरी सामाजिक सञ्जाल सम्बन्धी ऐन बनाइरहेको बताउनुभएको छ । 

सोमवार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसको लागि मस्यौदा तयार भइसकेको बताउनु भयो । उहाँले विज्ञापन बोर्डले अब विदेशी कलाकारहरुको विज्ञापन सामाजिक सञ्जालमा रोक्ने प्रश्ताव गरेको बताउनु भयो । उहाँले क्लिन फिड पोलिसी बनाएसँगै विदेशी टेलिभिजनहरुमा विदेशी विज्ञापनलाई रोक लागेको बताउनु भयो । नेपाली कलाकारहरुलाई प्रश्रय दिनको लागि र नेपाली कला, संस्कृतिलाई प्रश्रय दिनका लागि डबिङ विज्ञापनलाई पनि रोकेको बताउनु भयो । विज्ञापन नियमन गर्ने ऐन, २०७६ बनाएर ७६ को दफा ३ मा नेपालमा विज्ञापनमा डब गर्न नपाउने व्यवस्था गरिएकाले अहिले नेपालमा कुनैपनि विदेशी कलाकारहरुको विज्ञापन डब गरेर प्रशारण गर्न नपाइने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘क्लिन फिड पोलिसीले एउटा महत्वपूर्ण पाटो भनेको विदेशी टेलिभिजनहरुमा विदेशी विज्ञापनलाई रोक लगायो । त्यति मात्र गरेर नेपाली कलाकारहरुलाई प्रश्रय दिनको लागि र नेपाली कला, संस्कृतिलाई प्रश्रय दिनका लागि हामीले डबिङ विज्ञापनलाई रोक्यौँ । तर पोलिसी २०७३ सालमा आएपनि त्यो कार्यान्वयनमा आउन सकेन । त्यसपछि हामीले विज्ञापन नियमन गर्ने ऐन, २०७६ बनायौँ । त्यो ७६ को दफा ३ मा नेपालमा विज्ञापनमा डब गर्न नपाउने व्यवस्था गरियो । जसको परिणामस्वरुप अहिले नेपालमा कुनैपनि विदेशी कलाकारहरुको डब गरेर प्रशारण गर्न पाइँदैन । तर प्रश्न उठेको छ, डिजिटल मिडियामा के त ? निकट भविष्यमा सामाजिक सञ्जाल सम्बन्धी ऐन आउँदैछ । त्यसको मस्यौदा तयार भएको छ र विज्ञापन बोर्डको प्रश्ताव छ, अब विदेशी कलाकारहरुको विज्ञापन हामी सामाजिक सञ्जालमा पनि रोक्छौँ । कि यो खुला हुन्छ, कि रोकिन्छ ।’

अध्यक्ष हुमागाईंले दुई अर्थी लाग्ने विज्ञापनहरु भए गुनासो गर्न र एक्शनयोग्य गुनासाहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...