fbpx

‘राष्ट्रसेवकहरुको मनोबल बनाढाउने कुरामा कन्जुस्याई नगरिकन स्रोत जुटाउने कुरामा सकारात्मक छु’:-कानूनमन्त्री रोशन गाहामगर

author

समाचारपाटी

२ years अगाडि

बागलुङ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहाथापामगरले आफु सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउने पक्षमा रहेको बताउनुभएको छ । सशत्र प्रहरी बल नेपाल आश्रित गुल्म बागलुङद्वारा बिहीबार बागलुङ नगरपालिका २ स्थित कालीगण्डकीमा आयोजित जल दुर्घटना उद्धार नमुना अध्यास
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

मुलुकले उत्कृष्ट नतिज पाउनका लागि सुरक्षाकर्मीहरुलाई प्रोत्साहान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘मुलुकले रिजल्ट पाउनका लागि लगानी गर्नैपर्छ । त्यसको लागि सुरक्षाकर्मीहरुको मनोबल बढाउनेगरी मैले पनि काम
गर्नुपर्छ, उहाँले भन्नुभयो, ‘त्यसैले राष्ट्रसेवकहरुको मनोबल उच्च बनाउने कुरामा म कन्जुस्याई नगरिकन नैतिक रुपमा र आवश्यक साधन र स्रोत जुटाउने कुरामा सकारात्मक छु ।’

उहाँले सुरक्षाकर्मीहरुलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सधै सकारात्मक रहेको स्पष्ट पार्दै सोही अनुरुपको कार्ययोजना अगाडी बढाउने बताउनुभयो । मन्त्री गाहामगरले राष्ट्र र जनताको पक्षमा सिमित स्रोत तथा साधनको प्रयोगमा कार्यसम्पादन गरेको बताउनुहुँदै सुरक्षाकर्मीहरुको योगदानको मूल्याङ्कन हुने बताउनुभयो । ‘स्रोत र साधनको अभावले पनि भुगोलको दर्दनाक परिस्थितिमा पनि तपाइहरुले जाेखिम मोलेर काम गर्नुपरेको छ । यसको ढिलो चोडो मुल्याङ्न हुन्छ ।’ उहाँले भन्नुभयो ।

आन्तरिक मामिला मन्त्रालयद्वारा उद्धार अभ्यासका लागि विनियोजित बजेट यथेष्ट नभएको बताउदै आगामी दिनमा विपद् व्यवस्थापन सम्बन्धि थप तालिमको व्यवस्था गर्ने बताउनुभयो । मन्त्री गाहामगरले देश र राष्ट्र हितको पक्षमा काम गर्ने कसम खाएको बताउनुहुँदै भन्नुभयो, ‘हामी जस्तो सुकै समय र परिस्थितिमा भएपनि आफ्नो कार्यक्षमता र
कर्तव्य पुरा गर्नुपर्छ । फलस्वरुप हामी नेपाली भनेर गर्व गर्न पाउँछौ ।’

सो उद्धार अभ्यास कार्यक्रमपछि आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहामगरको सभापतित्वमा गण्डकी प्रदेश सुरक्षा समितिले विपद् व्यवस्थापन सम्बन्धि छलफल गरेको थियो । छलफलमा आगामी वर्षातमा भइपरी हुने बाढी पहिरो तथा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण र आकस्मिक उद्धारबारे छलफल गरिएको थियो ।

सो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ, सशत्र प्रहरीका गण्डकी प्रदेश प्रमुख सशत्र प्रहरी नायब महानिरिक्षक शम्भु सुवेदी, नेपाल आर्मीका विजयपुर पृतनापती दिपक कुमार बाँनिया बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी
गोणेश प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन