पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले (गृह जिल्ला) नवलपुरका विभिन्न प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयको निरिक्षण गर्नुभएकाे छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह जिल्ला पुगेर प्रहरी कार्यालय र त्रिवेणी भन्सारको स्थलगत अनुगमन गर्नुभएकाे हाे ।

स्थलगत अवलोकनका क्रममा मन्त्री गाहामगरले छिमेकी राष्ट्र भारतसँगको सिमानामा रहेको इलाका प्रहरी कार्यालय त्रिवेणी, सोही सीमामै रहेको सशत्र प्रहरी बलको विओपी, बुलिङटार प्रहरी चौकी र इलाका प्रहरी कार्यालय डेढगाउँको निरिक्षण गर्नुभयाे ।

अवलोकन पश्चात प्रहरी कार्यालयलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक रहेकाले सोही अनुरुप अघि बढ्ने मन्त्री गाहामगरले बताउनुभयाे । ‘अनुगमन पछि मैले सिमित स्रोत र साधनले उच्च मनोबलसहित देश र जनताको सेवामा समर्पित भएको देखे, मन्त्री गाहामगरले भन्नुभयाे, राष्ट्रसेवकहरुको न्यूनतम र आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेगरि तयारी थाल्नेछौ ।’
उहाँले अनुगमन गरेका दुई इलाका प्रहरी कार्यालय १ वटा बिओपी र एक प्रहरी चौकीको बेग्लाबेग्लै समस्या रहेको बताउँदै समाधान गर्न मन्त्रालय पछि नहट्ने बताउनुभयाे । ‘मैले मात्रै होइन मन्त्रालयका कर्मचारीहरुको टिमले नै निरिक्षण गरेका छौं, कानूनको परिधिमा रहेर के कति सम्म सहयोग गर्न मिल्छ,हामीले प्राथमिकतामा राखेर नै काम गर्छाै ।’ मन्त्री गाहामगरले भन्नुभयाे ।

सीमाक्षेत्रमा खटिएका प्रहरी तथा सशत्र प्रहरीका लागि विपद् व्यवस्थानका लागि उद्धारका समाग्री, सुरक्षा र गतिविधिको प्रत्यक्ष निगरानी बढाउने उद्देश्यसहित सिसिटिभी जडान,प्रहरी कार्यालयको कम्पाउण्डिङ गरिनुपर्ने सम्बन्धित प्रहरी कार्यालयले माग
राखेको थियो ।

सो मागहरु पूरा गर्नका लागि मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरेर अगाडी बढ्ने बताउनुभयाे । ‘स–साना कामहरु यहीकै स्थानीय सरकारले गर्नुहुन्छ । त्यसका लागि हामी उहाँहरुसँग समन्वय गर्नुहोला । बाँकी ठुला कामहरुका लागि मन्त्री ज्यूनै फिल्ड भिजिटमा हुनुहुन्छ त्यो कामहरुका लागि चिन्ता नलिनुहोला ।’ सचिव अधिकारीले भन्नुभयाे ।

मन्त्री गाहामगर नेतृत्वको निरिक्षण टोलीमा आन्तरिक मामिला तथा कानून मन्त्रलायका सचिव बद्रीनाथ अधिकारी तथा शाखा अधिकृतहरुको सहभागिता थियो । गृह जिल्लामा मन्त्री गाहामगरलाई सम्मान आन्तरिक मामिला तथा कानूनमन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला पुगेका रोशन बहादुर गाहा थापा मगर सम्मान अर्पण गरिएको छ ।
तीन दिने स्थलगत अवलोकनसहित गृहजिल्ला नवलपुर पुग्नुभएका मन्त्री गाहामगरलाई विभिन्न सामाजिक संस्थाले सम्मान अर्पण गरेको हो । गत शनिबार नवलपरको कावासोती नगरपालिका पुग्नुभएका उहाँलाई नेपाल लोकतान्त्रिक तामाङ संघ नवलपुर जिल्ला समितिले आन्तरिक मामिला तथा कानूनमन्त्री भएको भन्दै सम्मानपत्र तामाङ समुदायको टोली तथा खादा र मालाले सम्मान गर्याे ।

यस्तै नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखा, उद्योग वाणिज्य संघ, कावासोती,अमलटारी सामुदायिक होमस्टे समिति, कावासोती नगरपालिका, कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, जिल्ला समन्वय समिति नवलपुर, मध्यविन्दु सामुदायिक रेडियो, गजेन्द्र मोक्षधाम त्रिवेणी धार्मिक क्षेत्र विकास समिति, नवदुर्गा राधा क्यान्सर सचेतना फाउण्डेशन, सामुदायिक वन उपभोक्ता समिति, स्थानीय आमा समुह, चिलाहा रतवल सामुदायिक होमस्टे, नेपाल मगर संघका जिल्ला तथा इकाई समितिहरु लगायत विभिन्न संघ तथा संस्थाहरुले सम्मान अर्पण गरेका थिए ।

सम्मान ग्रहणपश्चात बोल्दै मन्त्री गाहामगरले ‘समृद्ध गण्डकी प्रदेश सुखी प्रदेशबासी’को नारालाई साकार पार्न निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभएकाे थियाे ।