fbpx

केन्याद्वारा गिरोहसँग लड्न १ हजार प्रहरी अधिकारी खटाउन हाइटीसँग सम्झौता

author

समाचारपाटी

१२ महिना अगाडि

केन्याले हाइटीसँग ल्याटिन अमेरिकी देशमा हुने गिरोह हिंसा बिरुद्ध लड्ने उद्देश्यले बहु–राष्ट्रिय सुरक्षा सहयोग अभियानमा १ हजार प्रहरी अधिकारीहरू खटाउने सम्झौतामा हस्ताक्षर गरेको छ । केन्याको राजधानी नैरोबीमा आयोजित उक्त हस्ताक्षर समारोहमा केन्याका राष्ट्रपति विलियम रुटो र भ्रमणमा रहेका हाइटीका प्रधानमन्त्री एरियल हेनरीको उपस्थिति रहेको थियो । 

रुटोको अध्यक्षतामा हुने कार्यक्रमपछि प्रहरी टोली अर्को साता हाइटी प्रस्थान गर्नसक्ने स्रोतले जनाएको छ । हेनरीले आफ्नो सरकारले केन्याको टोलीलाई मिसनको सफलता सुनिश्चित गर्न पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो । 

हाइटीमा बहु–राष्ट्रिय सुरक्षा समर्थन मिसनलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अक्टोबर २, २०२३ मा प्रश्ताव २६९९ अन्तर्गत व्यापक गिरोह हिंसाको जवाफमा अधिकार दिएको थियो । जसले देशको अधिकांश भागलाई कानूनविहीन र अप्रशासित छोडेको छ । केन्याको एक अदालतले हालै प्रश्तावित तैनातीलाई असंवैधानिक ठहर गरेको छ । यसका बाबजुद पनि दुई देशका अधिकारीहरूले हाइटीमा सेनाको आगमनलाई तिब्र पार्ने सम्झौतामा काम गरिरहेका छन् । वर्षौंदेखि, हाइटीवासीहरूले राजनीतिक उथलपुथलले बढेको सामूहिक हिंसा सहेका छन् । जसले राज्यको क्षमतालाई कमजोर बनाएको छ, सुरक्षालाई कमजोर बनाएको छ र आवश्यक सेवाहरूको वितरणमा बाधा पुर्याएको छ । हेनरीको केन्या भ्रमणको साथमा हाइटीमा बिहीवार सशस्त्र झडप शुरु भएको थियो । जसमा एक गिरोहले देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल, प्रहरी स्टेशन र सरकारी निकायहरूमा आक्रमण गरे र सामान्य कार्यहरू अवरुद्ध गरेका थिए । हेनरीले गुयानामा क्यारेबियन नेताहरूसँग भेट गरेपछि केही समयपछि आक्रमणहरू भएका थिए । जहाँ उनले २०२५ को मध्यमा लामो समयदेखि प्रतिक्षा गरिएको आम चुनाव गराउने वाचा गरेका थिए ।
सिन्ह्वा


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर