fbpx

स्वर्गीय पूर्ण स्मृति पुरस्कारबाट पत्रकार,साहित्यकार र समाजसेवी सम्मानित

author

समाचारपाटी

१ year अगाडि

तनहुँ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम.का पुर्व अध्यक्ष स्वर्गीय पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित ‘पूर्ण स्मृति शुक्लागण्डकी एफ एम पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार विश्व बन्धु भण्डारी, पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. साहित्य सम्मानबाट साहित्यकार शेषमणि आचार्य र पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सामाजिक व्यक्तित्व सम्मानबाट समाजसेवी भक्त बहादुर रिमाल सम्मानित हुनुभएकाे छ ।

रेडियोका तत्कालीन अध्यक्ष स्वर्गीय पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार सोमवार दुलेगौंडामा प्रदान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, स्वर्गीय पुर्ण कुमार श्रेष्ठका श्रीमती निर्मला श्रेष्ठ र एफ.एम.का अध्यक्ष ज्योती श्रेष्ठले दोषल्ला, सम्मानपत्र र नगदले आचार्य र रिमाललाई सम्मान गर्नुभएको हो । कार्यक्रममा पत्रकारिता पुरस्कार बाट सम्मानित विश्ववन्धु भण्डारी पारिवारिक स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि उहाँका छोरा सुदिप बन्धु भण्डारी मार्फत पुरस्कार प्रदान गरिएको छ । ४ दशकदेखि पत्रकारितामा क्रियाशिल विश्व बन्धु भण्डारी दमौलीबाट प्रकाशित हुने भञ्ज्याङ दैनिकको संस्थापक सम्पादक हुनुहुन्छ । प्रेस स्वतन्त्रता सेनानी भण्डारीले यसअघि पत्रकारिता क्षेत्रका ९ वटा पुरस्कार प्राप्त गरिसक्नुभएकाे छ ।

साहित्यतर्फ सम्मानित शेषमणि आचार्यको रम्बास कविता संग्रह ‘डाली’, ‘मलाई एउटा बाासुरी देऊ’, ‘हामी’ लगायतका साहित्यिक कृति प्रकाशित छन् । समाजसेवातर्फ सम्मानित भक्त बहादुर रिमालले शुक्लागण्डकीको शिक्षा, स्वास्थ्य, सामाजिक तथा धार्मिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकाे छ । तनहूँ जिल्ला स्तरीय पत्रकारिता र साहित्य पुरस्कारको राशी दश–दश हजार रुपैयाँ र शुक्लागण्डकी नगर स्तरीय सामाजिक व्यक्तित्व सम्मानको राशी नगद पाँच हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले पत्रकारिता, साहित्य र सामाजिक क्षेत्रका उदाहरणीय व्यक्तित्वलाई सम्मान गरेर शुक्लागण्डकी एफ.एमले नयाँ पुस्तामा प्रेरणा प्रदान गरेको बताउनुभयाे । सम्मान ग्रहण पछि बोल्दै साहित्यकार आचार्यले श्रेष्ठको निधनले शुक्लागण्डकीले एक असल अगुवा गुमाएको उल्लेख गर्नुभयाे । स्वर्गीय श्रेष्ठको कदर स्वरुप स्थापित पुरस्कारको पहिलो संस्करण प्रदान गरेकोमा गौरवान्वित महशुस भएको आचार्यको भनाई थियो ।

सम्मानित समाजसेवी भक्त बहादुर रिमालले सामाजिक क्रियाकलापमा सक्रिय मिलनसार स्वर्गीय पूर्ण कुमार श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै सेवामुलक काममा सक्रिय हुन पुरस्कारले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयाे । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का अध्यक्ष दीर्घबहादुर थापा, ६ का अध्यक्ष बुद्विबहादुर थापा, ७ का अध्यक्ष खड्ग सिं थापा, १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री लगायतले स्वर्गीय श्रेष्ठको योगदानको स्मरण गर्दै पुरस्कार तथा सम्मान कार्यक्रमले श्रेष्ठको स्मृतिलाई अमर राख्ने बताउनुभएकाे थियाे । कार्यक्रममा सल्लाहकार आनन्द सुन्दर श्रेष्ठले साहित्य विधामा पुरस्कृत आचार्य, राजन रिमालले पत्रकारितातर्फका सम्मानित व्यक्ति भण्डारी र रघुनाथ पौडेलले सामाजिक सेवातर्फका सम्मानित रिमालको परिचयबारे प्रकाश पार्नुभएकाे थियाे ।

सोहि अवसरमा उत्कृष्ट विज्ञापनदाताको रुपमा दुलेगौंडा सपिङ सेण्टरका सञ्चालक सन्दिप श्रेष्ठ, ओम एम आभुषण सुनचादी पसलका सञ्चालक मिन बहादुर सुनार, तनहुँ स्याङ्जा सुनचाँदी पसलका सञ्चालक नारायण सुनार र उत्कृष्ट स्रोताको रुपमा भिमाद–४ पिरुङकी खगि माया थापालाई सम्मान गरिएको थियो ।

रेडियोका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल, पुरस्कार छनौट समितिका संयोजक नारायण श्रेष्ठ, समितिका उपाध्यक्ष सरस्वती सिग्देल, सचिव ऋषेश्वर भुवाई, शेयरधनी सदस्यकोतर्फबाट पूर्ण आले, स्टेसन मेनेजर राजन उपाध्याय लगायतले बोल्नुभएकाे थियाे ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने