डडेल्धुरा । केआईसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुंगा लाग्दा एक युवकको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऎरको ज्यान गएको हो।
प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म-१ प-८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकोमा शनिबार माथिबाट खसेको ढुंगा लागेकाे थियो ।
गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार डडेल्धुरा अस्पताल पुगाएको प्रहरीले जनाएको छ। उहाँको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएको हो।
टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएका उहाँलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरे पनि आइतबार बिहान बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहनुभएकाे छ।